• प्रशासनले जलाएको आन्दोलनरत पक्षको लुगा, यहाँ २ वटा मोबाइलसमेत जलाइएको अवशेष भेटिएको थियो ।

    मोरङ । मुक्कुमलुङ÷पाथीभरामा नो केवलकार पक्षलाई प्रशासनले ताप्लेजुङको फुङलिङमा गरेको व्याबहार बारे सोमबार ग्लोबल जुम बैठकको आयोजना गरी सरोकार पक्षलाई बुझाउने काम भएको छ । 
    २०८१ फागुन १० गते साँझ केवलकार विरुद्ध राँके जुलुससहित विरोधमा निस्केका आन्दोलनकारीलाई प्रहरीले ‘मानवता विरुद्ध नेपाल सरकारको अपराध फूङलिङ काण्ड’ घटाएको आन्दोलनरत पक्ष थप आक्रोसित छन् । 
    ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी रबि रावलले आवश्यक भन्दा बढी बल प्रयोग गरेरको आन्दोलनरत पक्षले प्रमाणसहित पेस गर्दै आएका छन् । 
    केवलकारको विरोध फुङलिङ बजारमा राँके जुलुसको क्रममा संघीय सांसद योगेश भट्टराईको दाई मातृका भट्टराईको घरको छतबाट ढुङ्गा र आगोसहितको पुल्ठो प्रहार गरेर कार्यक्रम विथोल्ने प्रयास भएको आन्दोलनरत पक्षको बताउदै आएको छ । 
    त्यसपछि प्रहरीले आगो निभाउने बाहानामा बाल्टिनमा ढुङ्गा लिएर आएर आन्दोलनकारीलाई प्रहार गरेको, सादा पोसाकका मानिसहरु प्रहरीको वीचमा छिरेर कुटपिट गरेको, प्रहरी आफै लागेर सीसी क्यामरा तोडफोड गरेको, सुतिरहेको मानिसको घरको झ्याल ढोका फोरेर अश्रुग्यास प्रहार भिडियो क्लिपहरु सार्वजनिक भएको छ । 
    आन्दोलनमा लागेकाहरुलाई पक्रेर हातखुट्टा भाँचिदिएको, भिडियो खिचेको भन्दै मोबाइल खोसेर अनि तानातान गर्दा खुस्केका ज्याकेट, सुरुवाल जलाइदिएको, प्रहरीले नियन्त्रणमा लिएर कुटपिटहुँदाको चित्कारसहितको भडियो, अडियो र तस्वीरहरु सार्वजनिक भएका छन् । 
    सो घट्नामा १० जना घाइते छन भने १८ जना प्रहरी नियन्त्रणमा रहेका छन् । कुटपिट गर्दै घाइते बनाएर पक्राउ गरेका व्यक्तिहरुलाई सहज रुपमा भेटघाटसम्म गर्न नदिएको आन्दोलनरत समूहका नेता खगेन्द्र माखिमको भनाइ छ । 
    घट्नाको विश्लेशण गर्दा राज्यले बर्बतापुर्ण आतंक मञ्चाएर मानवता विरुद्ध अपराध गरेको आन्दोलनरत पक्षको ठहर छ । चासो राख्ने अन्तराष्ट्रिय समुदायलाई ल्गोबल जुम बैठकको आयोजना गरेर बुझाउने उदेश्यले बैठकको आयोजना गरिएको थियो । 
    साँझ करिव ७ बजेदेखि सुरु भएको बैठकमा नेपालसहित १० भन्दा बढी देशबाट २५ जना विदेशबाटसहित २ सयसम्म व्यक्तिहरु सहभागी रहेका थिए । 
    बैठकमा ललितसेन सुनुवारले संकलन गरिएको फुङलिङ घट्नाको भिडियोहरु प्रस्तुत भएका थिए  । त्यसपछि घाइतेसमेत भएका पूर्ब मेजर असिम पालुङ्वा, चन्द्र मादेन (जसको घर तोडफोड भएको थियों)ले त्यहाँको घट्ना बारे बताएका थिए । उनिहरुले बोलिसकेपछिडकेन्द्रसिंह थेगिम, आङ्काजी शेर्पा, कुमार लिङ्देन, खगेन्द्र माखिम, डा.महेन्द्र लावती लगायतले घट्नाको जानकारी र विकसित घट्ना क्रम राखेका थिए । 
    अधिकांश बक्ताहरुले घट्ना मानवता विरुद्धको अपराध भएको, पछि हट्न नहुने र थप प्रभावकारी कार्यक्रम घोषणा गरेर जानुपर्ने विचार राखेका थिए । कानून व्यवसायी शंकर लिम्बूले सरकार र ताप्लेजुङका सीडीओ, प्रहरी प्रमुखले संविधान, कानून विपरित कार्य गरेकोले नेपालको सर्वोच्च अदालत, मानवअधिकारवादी संस्थामा उजुरी गरिसको बताए । 
    स्वतन्त्र संस्थाहरु सरकारबाट प्रभावित भए अन्तराष्ट्रिय अदालत, संयुक्त राष्ट्र संघमा समेत उजुरीको प्रकृया अघि बढेको शंकर लिम्बूको भनाइ थियो । 
    बैठकमा बेलायतबाट १० जनासहित हङ्कङ, क्यानडा, इज्रायल, बेल्जियम, कोरिया, मलेसिया, दुबाई, कत्तार लगायतका देशहरुबाट बैठकमा सहभागी रहेका थिए । विदेशबाट बोल्नेहरुले नैतिक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । केहीले घट्ना सुनेर भावुक भएको र तुरुन्त नेपाल फर्केर आन्दोलनमा सहभागीहुने सोच आएको बताएका थिए ।  
    प्रहरीको दमनपछि समर्थकहरु झन बढ्दै गएको भन्दै बैठकका वक्तहरुले कुनै हालतमा पछि नहट्ने प्रभावकारी आन्दोलन घोषणा गर्दै केवलकार तथा कोशी नाम विरुद्ध निर्णायक आन्दोलनमा जानुपर्ने बताएका छन् । 

सम्वन्धित समाचार

मोरङ । कोशी नाम राखिएको दिनलाई प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले अध्यारो दिन (डार्क डे…

मोरङ । विभिन्न विद्यार्थीहरुलाई सम्मान, नृत्य, गीत, ¥याम्प लगायतको कला प्रदर्शन गर्दै मोरङको पथरीशनिश्चरे…

मोरङ । पत्रकार बिजय खम्बू लगायत तीन जनालाई सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गर्दै भूपू सैनिक…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम गर्दै मोरङ्गको पथरिशनिश्चरे–९ मा रहेको प्याराडाइज इङ्ग्ल…