• मोरङ । मोरङको पथरी शनिश्चरे—१ स्थित पथरी बहुमुखी क्याम्पसमा भोली फागुन २४ गते चुनावी सभाहुँदै छ । 
    सभामा अध्यक्षको लागि निम्न चार जनाको उमेद्वारी परेको छ । 
     

    दिलिपकुमार राई

    दिपिलकुमार राई पूर्ब पथरीशनिश्चरे नगरको पूर्ब नगर प्रमुख हुन् । एमाले निकट रहेका राई क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन् । 

    माधव कोइराला

    माधव कोइराला पथरीको सुनचाँदी व्यवासायी हुन् । कोइराला क्याम्पसको अघिल्लो निर्वाचनमा क्याम्पस सञ्चालन समितिको उपाध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् । कोइराला कांग्रेस निकट रहेका छन् । समग्रमा सर्वसहमत समिति चयन हुन नसके कोइरालालाई माओवादी केन्द्र, नेकपा (एस) र रास्वपाले संयुक्त अध्यक्षका रुपमा अगाडी बढाउन छलफल भइरहेको बुझिएको छ । 

    रामकुमार बस्नेत

    रामकुमार बस्नेत क्याम्पस सञ्चालक समितिको निवर्तमान हुन लागेका अध्यक्ष हुन् । कार्यकाल सफलता पूर्बक सक्न लागेका बस्नेत यस सभाबाट सर्वसहकतिमा नयाँ समिति चयन गर्न चाहान्छन । चार मध्ये एक जना अध्यक्षमा सर्वसहमतिको लागि प्रयास गरिरहेको बुझिएको छ । रामकुमार बस्नेतले अघिल्लो चुनावमा अध्यक्ष उमेद्वारी दिएर भोट माग्ने क्रममा क्याम्समा यातायात र खाजाको विल पेस नगर्ने, आर्थिक अवस्था मजबुद बनाउने प्रतिबद्धता गरेका थिए । गत कार्यकालका सदस्य प्रदिपकुमार राईले प्रतिबद्धता अनुसार यस्तो विल पेस नगरेको बताए । यद्यपी अध्यक्ष बाहेक एउटा टिम काठमाडौ जाँदा ७० हजारबो विल क्याम्पसको नाममा उठाएको र काम पनि नभएको बुझिएको छ । 

    दिनानथ तिम्सिना

    दिनानथ तिम्सिना पथरी क्याम्पस सञ्चालक समितिको पूर्ब उपाध्यक्ष हुन् । तिम्सिनाले कसैसँग औपचारिक रुपमा सल्लाह नगरी उमेद्वारी लगाएकोले एक्लै उठेको बुझिएको माओवादी केन्द्रका नगर अध्यक्ष गोबिन्द कुटुवालको भनाइ छ । 
    माओवादीले सकेसम्म समग्रमै सर्वसहमतीको पहल गरिरहेको र त्यो संभव नभए मोर्चाबन्दी गरेर अध्यक्ष बाहेक चार जनाको मनोनयन दर्ता गराएको कटुवालको भनाइ छ । 
    ११ जना निर्वाचित हुनेमा ३१ को उमेद्वारी
    त्यसैगरी ७ जना खुल्ला सदस्यका लागि १६ जनाले उमेद्वार िदिएका छन् । उमेद्वारी दिनेहरुमा ईश्वरी साप्कोटा, उपेन्द्र कंडेल, उमानाथ अधिकारी, कृष्णप्रसाद उप्रेती, खगेन्द्रप्रसाद लुइटेल, खेमनाथ ढुङ्गेल, गंगाप्रसाद साम्बा, टंकप्रसाद भण्डारी, टीका तामाङ, तुलशीराम ढकाल, देवराज भण्डारी, प्रेम ढकाल, बाबुराम दाहाल, बुद्धिनाथ अधिकारी, भगतचन्द्र थपलिया र युवराज बास्कोटा रहेका छन् । 
    त्यसैगरी ३ महिला सदस्यका लागि ५ जनाको उमेद्वारी परेको छ ।  अनिता राई, अरुणा राई, दुर्गादेवी दंगाल, निर्माला चौहान, बिन्दादेवी राईको मनोनयन परेको छ । 
    लेखा समिति संयोजकमा मिनबहादुर ठकुरी, मोहनकुमार श्रेष्ठको उमेद्वारी परेको छ । दुई लेखा सदस्यहरमा चिरञ्जीवी गौतम, तुलशी खनाल, राजकुमार विक र सुरेश न्यौपाने गरेर ४ जनाको उमेद्वारी परेको छ । 
    क्याम्पस सञ्चालक अर्थात मतदाता ४०७ जनाको नामवली प्रकाशन भएको छ । सर्वसहमति हुन नसके भोली फागुन २४ गते मतदानहुने निर्वाचन समितिको संयोजक अर्जुन बुढाथोकीले बताए । 

    क्याम्पसको अवस्था खस्कदो
    निर्वाचनमा होडबाजी भएपनि पथरी क्याम्पसमा बर्षेनी विद्यार्थी संख्या भने घट्दो रहेको छ । विद्यार्थी घट्नुमा जनसंख्या घट्नो दर, १२ सकेर विदेश जानेको संंख्या बढ्नो, पथरी बजारमै अर्को निजी क्याम्पस खुल्नु, आन्तरिक किचलो, यातायात लगायतको सुविधा सन्तोष जनक नहुनु ।
    विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी रुखमा बाँधेर रमित देखाउने लगायतको कार्यले विद्यार्थी घट्दै गएको छ । पथरीशनिश्चरे नगरपालिकाले बार्षिक १५ देखि २० लाख अनुदान रोकिए क्याम्पस धारासायी बन्ने अवस्था रहेको छ । केही बर्ष अघि टनाटन विद्यार्थी भएको क्याम्पसमा स्ववियुको अघिल्लो निर्वाचनको बेला ६ सय भन्दा बढी विद्यार्थी थिए । यस बर्ष ५ सय रहेको क्याम्पस प्रमुख शान्तिराम तिम्सिनाले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे—१ स्थित पञ्चायत माविमा स्काउट सदस्यहरुका लागि दिक्षान्त समारोहको उद्घाटन …

मोरङ । मुक्कुमलुङ÷पाथीभरामा नो केवलकार पक्षलाई प्रशासनले ताप्लेजुङको फुङलिङमा गरेको व्याबहार बारे…

मोरङ । कोशी नाम राखिएको दिनलाई प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले अध्यारो दिन (डार्क डे…

मोरङ । विभिन्न विद्यार्थीहरुलाई सम्मान, नृत्य, गीत, ¥याम्प लगायतको कला प्रदर्शन गर्दै मोरङको पथरीशनिश्चरे…