• मोरङ । मोरङको पथरी शनिश्चरे—१ स्थित पञ्चायत माविमा स्काउट सदस्यहरुका लागि दिक्षान्त समारोहको उद्घाटन भएको छ । 
    पथरीशनिश्चरे नगरपालिका—१ स्थित पञ्चायत र सुुनाखरी माविमा स्काउट सदस्याहरुका लागि संयुक्त रुपमा दिक्षान्त समारोहको आयोजजा गरी दिक्षित गरिने भएको छ । 
    पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यतामा भएको थियो । 
    कार्यक्रममा नगर स्काउटको सदस्य सचिवसमेत रहेका शिक्षा विभाग प्रमुख नवीन खुलाल, १ नं. वडा अध्यक्ष भीमकुमार राई, पेशागत संगठनहरुको तर्फबाट भरतबहादुर खड्का, प्रधानाध्यपकहरुको तर्फबाट हिरक निमाविका प्रधानाध्यापक कविता तिम्सिुना लगायतले शुभकामना दिएका थिए । 
    कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनको तर्फबाट उपाध्यक्ष रिता धिमाल, अखिल नेपाल शिक्षक संगठनको तर्फबाट तुलशी भट्टराई लगायतको उपस्थिति थियो । 
    स्काउट पथरीशनिश्चरे नगरको प्रमुख आयुक्त रोशन बुढाथोकीको कमाण्डमा भएको दिक्षान्त समारोह पञ्चायत माविमा साहसिक खेल ‘जिपाइन’ समेत खेलाइएको छ । 
    स्काउटले तयार पारेको जिपलाइन खेल नगरको शिक्षा विभाग प्रमुख नवीन खुलाल, १ नं. वडा अध्यक्ष भीमकुमार राई, सञ्चार कर्मी अर्जुन जम्नेली राई र स्काउट सदस्यहरुलाई खेलाइएको थियो । दिक्षान्त समारोहको उद्घाटनपछि जिपलइन खेल, खेलाउनुको साथै राति क्याम फायर लगायतको अन्य खेलहरु खेलाइएको थियो । कार्यक्रममा नगर उपप्रमुख देवीमाया काफ्लेको हातबाट नेपालको झण्डा र स्काउटको झण्डोतलान गरिएको थियो । 

    जीपलाइन खेल


     

सम्वन्धित समाचार

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…