• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता—२०८१’ सुरु भएको छ । 
    उद्घाटन पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापो र अन्डर सिस्टिन (१६) मोरङ वितेता सेम्रिस राईबाट गोटी चालेर उद्घाटन गरिएको थियो । 
    चार दिनसम्म हुने प्रतियोगितामा पाँचौ मिस्टर काठमाडौं स्व. प्रकाश राईको स्मरणमा ५० हजार पुरस्कारको ब्ल्जि प्रतियोयोगिता पनि हुने आयोजक फ्रेन्डसिप चेस क्लवका अध्यक्ष धनराज राईले बताए । प्रतियोगिता स्वीस लिग अनुसार ९ राउण्डमा गराइएने चिफ आरबिटर फिडे डम्बर बाछाना राईले बताए ।
    देशभरबाट दुई सय खेलाडी सहभागी रहेको प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापो, वडा अध्यक्षहरुको तर्फबाट प्रवक्ता नवीनजङ कार्की, प्रकाश राईको दाजुुसमेत रहेका सुनाखरी मावि व्यवस्थापन समिति प्रदिपकुमार राई, बुद्धिचाल संघका प्रदेश अध्यक्ष सुरेन्द्र राई लगायतले शुभकामना दिएका थिए । 
    उद्घाटन कार्यक्रममा वडा नं. ४ का अध्यक्ष लोककिरण न्यौपाने, ७ नं. वडा अध्यक्ष उद्धवराज बस्नेत, नगर खेलकुद समिति सदस्य सचिव नवीन खुलाल लगायतको उपस्थिति रहेको थियो । 
    प्रतियोगितामा ४१ वटा विधामा ३ लाख ७५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष धनराज राईले बताए । 
    प्रतियोगितासँगै बडिबिल्डिङमा पाँचौ मिस्टर काठमाडौ प्रकाश राईको सम्मानमा ब्ल्जि खेल हुने र उक्त खेलको लागि ४४ हजार छुट्टै पुरस्कार प्रदान गरिने आयोजक समितिका खेल संयोजक रोहित सुब्बाले बताए । 
    ‘सुृजनशील र स्वास्थ्य दिमागको लागि बुद्धिचाल’ भन्ने नाराको साथ सुरु भएको प्रतियोगिता चार दिनसम्म चल्ने आयोजक समितिका सचिव लोकसागर साम्बाले बताए । 
    प्रतियोगितामा राष्ट्रिय च्याम्पियन रुपैस जैसवाल, पूर्व राष्ट्रिय च्याम्पियनहरु राजन सुवेदी, नवीन तण्डुकार, किर्तिसरा अधिकारी लगायत खेलाडीहरु सहभागि रहेका छन् । 
    पथरीशनिश्चरेमा २०५९ साल जेठ १२ गते ईश्वर आँशु मगरको अध्यक्षतामा फ्रेन्डसिप चेस क्वलको गठनपछि नगरमा निरन्तर बुद्धिचाल प्रतियोगिताहुँदै आएको छ । 
    २०६८ र २०६९ मा ’पथरी च्याम्पियन बुद्धिचाल प्रतियोगिता’ गर्दै स्थानीय स्तरमा बौद्धिक क्षमता अभिवृद्धिको साथै खेल, खेलाडी विकास गर्दै आएको छ । 
    बुद्धिचाल खेलको विकास र खेलको माध्यमबाट पथरीशनिश्चरे नगरलाई परिचय गराउने उदेश्यले सुरु भएको ‘सहिद रत्नकुमार वान्तावा राष्ट्रब्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता’को आज चौथो संस्करण सुरु भएको हो । 

    प्रकाश राईको परिवारबाट बर्षेनी नगद प्रथम पुरस्कार घोषणा
    प्रतियोगिताको लागि बडि बिल्डिङ  खेलाडी तथा पाँचौ मिस्टर काठमाडौ .(अलराउण्डर) बिजेता प्रकाश राईको नाममा बर्षेनी प्रथम पुरस्कार ५१ हजार वा सो भन्दा माथि प्रदान गर्ने स्व.राईको दाजु प्रदिपकुमार राईले घोषणा गरेका छन् । प्रकाश २०८१ असोजमा बडि बिल्डिङ प्रतियोगिता जितेको केही दिनमा अचानक मृत्यु भएका थिए । 


     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…