• मोरङ । मोरङको कानेपोखरीमा देशभरबाट तेक्वण्दो खेलाडीहरु खेल प्रतिष्पर्धाको लागि आउने भएका हुन् 
    नेपाल सीएच आईटिएफ तेक्वाण्दो संघको आयोजनामा १० औ तेक्वाण्दो च्याम्पियनशिप प्रतियोगिताहुने भएको छ । 
    नेपाल सीएच आईटिएफ तेक्वाण्दो संघ प्रदेश समितिले आज (बेशाख ६ं) पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो । प्रतियोगिता बैशाख १५—१७ गते मोरङको खानेपोखरी—६ स्थित जनसेवा माविमा हुने जानकारी दिइएको हो । 
    प्रतियोगितामा नेपालको २५ वटा जिल्लाबाट ३५० तेक्वाण्दो खेलाडीहरु, रेफ्रि, जुरी, अफिसियल, विदेशी पाहुना खेलाडीहरु गरेर ४५० बढीको कानेपोखरी आउने नेपाल सीएच आईटिएफ तेक्वाण्दो संघको अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भूजेलले बताए । 
    प्रतियोगितामा विभिन्न तौल समूहका पुरुष तथा महिला सिङ्गाल, ग्रुप फाइटहुने आयोजक समितिका सचिव दिनेश सुब्बाले बताए । 
    नेपाल सीएच आईटिएफ तेक्वाण्दो संघले हालसम्म ब्लाक बेल्ट वान डान २२, टु डान २, थ्री डान २ जना उत्पादन भएको प्रमुख प्रशिक्षक युवराज भूजेलले बताए । कार्यक्रममा ८ लाख ७० हजार अनुमानित खर्च हुने बताइएको छ । पत्रकार सम्मेलनपछि तेक्वाण्दो खेलाडीहरुले खेल प्रदर्शन गरेका र्थिए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आजदेखि ‘सहिद रत्नकुमार वान्तावा चौथो राष्ट्रब्यापी रेटिङ बुद्…

मोरङ । नेकपा (एमालें) पथरीशनिश्चरेको दोस्रो नगर अधिवेशनमा अध्यक्षमा ४ र सचिवमा १० जना आकांक्षी देखि…

मोरङ । साल्पा सिलिचुङमा भौतिक मिर्माण र संरचना निर्माणको नाममा संकलित रकम तथा हिनामिनाबारे किरात राई य…

मोरङ । प्रदेशको नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुनः नामकरणको आन्दोलनमा रहेका प्रदेश नं. १ पुनः न…