• मोरङ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चाको सुक्रबार बेलबारीमा भएको प्रथम जिल्ला सम्मेलनबाट उमेश राई अध्यक्ष चयन भएका छन् । 
    समितिको उपाध्यक्षमा देउमाया राई, हेम राई, सचिवमा एकेन्द्र राई, सहसचिवमा विक्रम कुलुङ, कोषाध्यक्षमा ताराधन राई सर्वसहमत चयन भएका छन् । 
    समितिको सदस्यहरुमा पारश राई, अनुराग राई, इन्द्र राई, सुक्रराज राई, सुमिन्द्र राई, बिनिता राई र डिकबहादुर राई चयन भएका छन् । 
    सम्मेलनमा किराती राष्ट्रिय मुक्ति मोर्चाका संघीय उपाध्यक्ष तिलकप्रसाद राई, महासचिव अर्जुन जम्नेली राई, सचिव हर्क छिन्ताङ, धिमाल राष्ट्रिय मुक्ति मोर्चाका महासचिव प्रकाश धिमाल, नेकपा (माओवादी केन्द्र) प्रदेश समिति सदस्य सीता छाराहाङ राई लगायतले शुभकामना दिएका थिए । 
    नवीन राईको सभापतित्वमा भएको कार्यक्रममा डिल्लिप्रकाश राईले स्वागत गरेका थिए । कार्यक्रममा अखिल क्रान्तिकारीका प्रदेश सचिव ऋषि राई, मोरङ जिल्ला अध्यक्ष सरोज किराती, वाइसीएलका केन्द्रीय सदस्य युवराज राई, पूर्व केन्द्रीय सदस्य अनु राई लगायतको उपस्थिति रहेको थियो । 
    बैशाख २६ गते नेकपा (माओवादी केन्द्र)को अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा किराती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको संयुक्त उद्घाटनहुँदै छ । 


     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…