• मोरङ÷मोरङको पथरीशनिश्चरे नगरपालिका—२ मा स्थापित रेडस्टार अंग्रेजी स्कुलमा स्काउटको प्रथम मित्रता क्याम्पको उद्घाटन भएको छ ।
    स्कुलमा अध्ययनरत ६८ जना विद्यार्थीले स्काउटको तालिम लिदै आएको छ । स्काउटमा सहभागी विद्यार्थीहरुलाई तालिमकै शीलशीलामा सुक्रबार प्रथम मित्रता क्याम्प गर्न लागिएको हो । 
    स्कुलका प्रधानाध्यापक टीएन तिम्सिनाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यतामा भएको थियो । तुम्बापोले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । 
    कार्यक्रममा नगर उपप्रमुख देवीमाया काफ्ले, प्रवत्ता नवीन कार्की, २ नं. वडा अध्यक्ष नैना राई, ७ को अध्यक्ष उध्धवराज बस्नेत, नगरको स्वास्थ्य विभाग प्रमु्ख मुरारी आचार्य लगायतको उपस्थिति रहेको थियो । 
    स्काउटमा विद्यार्थीहरुलाई प्राकृतिक विपद खोला बाढी, पहिरो, भूकम्प, मानव जन्य विपद आगलागि, विभिन्न महामारी लगायतबाट वच्ने उपायहरु सिकाइने पथरीशनिश्चरे नगरका स्काउट प्रमुख आयुक्त रोशन बुढाथोकीले बताए । 
    स्काउटको तालिम लिने विद्यार्थीहरुलाई अनुशासन, समाजिक कार्यहरु र आफ्नो लागि आफै काम गर्न प्रशिक्षण दिइन्छ । 
    रेडस्टार बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई तालिम दिन तीन तला माथिदेखि प्यारासुटबाट बन्जी जम्प गराउनुको साथै, जिपलाइन गराइएको थियो । बन्जी जम्प र जिपलाइन गराउनुको कारण विपदमा परेकाहरुलाई प्यारासुटबाट गएर वा झरेर उद्दार गराउन तालिम दिइएको स्काउट प्रमुख आयुक्त रोशन बुढाथोकीले बताए । कार्यक्रम उद्घाटनपछि विद्यार्थीले स्काउटको झण्डासहित जिपलाइन गरेका थिए । विद्यार्थी पछि स्वास्थ्य विभाग प्रमुख मुरारी आचार्य, पत्रकार अर्जुन जम्नेली राई, ईश्वर दुलाल लगायतले जिपलाइन गरेका थिए ।
    विद्यार्थीहरुलाई राति क्याम फायर गराएर आगोबाट बच्ने बचाउने लगायतको तालिम दिइने बताइएको छ । भोली शनिबार तालिम लिएका विद्यार्थीहरुलाई दिक्षित गर्ने कार्यक्रम रहेको स्कुलका शिक्षक सुजन तिम्सिनाले बताए । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…

मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्…