• काठमाडौ । आफूलाई प्रहरी भन्दै सर्व साधारण लाई डर–त्रास देखाएर पैसा असुल्ने एक युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

    मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुँडालका अनुसार पक्राउ पर्ने युवक विराटनगर महानगरपालिका–१२ निवासी २५ वर्षीय धनकुमार थारु हुन् । उनलाई शुक्रबार विराटनगर–१६ स्थित रानी–जोगवनी सडकखण्डबाट नियन्त्रणमा लिइएको हो ।

    प्रारम्भिक अनुसन्धानबाट थारुले भारतको जोगवनीबाट घरेलु सामग्री लिएर नेपालतर्फ आउने सर्वसाधारणलाई डर, धम्की र प्रलोभन देखाउँदै पैसा असुल्ने गरेको पत्ता लागेको छ। "शारीरिक रूपमा अपांगता भएका व्यक्तिसमेत उनको निशानामा परेका छन्," डीएसपी चुँडालले भनिन् ।

    थारुले आफू 'प्रहरी हो' भन्दै सर्वसाधारणलाई भय देखाउने र सोही आधारमा रकम असुल्ने गरेको खुलेपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    डीएसपी चुँडालका अनुसार थारुविरुद्ध अभद्र व्यवहार मुद्दा अन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौं ।  सुन तस्करी प्रकरणमा फरार रहेकी  नेकपा माओवादी नेतृ पक्राउ परेकी छन्। ६१ किलो सुन …

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न…

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ । कांग्रेसले…

काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक …