• रामेछाप । बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा १५ दिनका लागि रोक लगाइएको छ ।

    शुक्रबार सिन्धुलीको मूल्कोटमा काभ्रे, सिन्धुली र रामेछापका अन्तर जिल्ला सुरक्षा समन्वय समितिको संयुक्त बैठकले १५ दिनको लागि बेलुका ६ः३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक सवारी साधनबाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

    वर्षाको मौसमले राजमार्गका विभिन्न खण्डमा काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको खण्डमा क्षति पु¥याएकोले यात्रु तथा चालकको सुरक्षाका लागि यस्तो निर्णय गरिएको बताइएको छ ।

    राजमार्गका धेरै ठाउँमा पहिरोको जोखिम र चिप्लो सडक भएका कारण सवारी सञ्चालनलाई अस्थायी रूपमा रोक्ने निर्णय भएको हो ।

    निर्णय अनुसार काठमाडौंबाट बाहिरिने सवारी साधनलाई काभ्रे भञ्ज्याङमै रोकिने भएको छ भने काठमाडौंतर्फ जाने सवारी साधनलाई सिन्धुलीको खुर्कोटमा रोकिने भएको छ । सो निर्णय आजैबाट लागू हुनेछ ।

    बीपी राजमार्ग राजधानी काठमाडौंलाई तराईसँग जोड्ने महत्त्वपूर्ण राजमार्ग हो । दैनिक हजारौँ यात्रु र मालवाहक गाडी यही बाटो भएर आवतजावत गर्ने गर्दछन् ।

    गएको वर्ष असोज महिनामा आएको बाढीले रोशी खोला क्षेत्रमा सडकमा ठुलो क्षति भएको छ । अप्ठेरो सडक हुँदा चौकीडाँडामा दैनिक जसो सवारी दुर्घटना हुने गरेको छ ।

सम्वन्धित समाचार

काठमाडौ । आफूलाई प्रहरी भन्दै सर्व साधारण लाई डर–त्रास देखाएर पैसा असुल्ने एक युवकलाई मोरङ प्रहरीले…

काठमाडौं ।  सुन तस्करी प्रकरणमा फरार रहेकी  नेकपा माओवादी नेतृ पक्राउ परेकी छन्। ६१ किलो सुन …

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे छानविन गर्न…

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ । कांग्रेसले…