• विराटनगर/ पैसाँको स्रोत खुल्न नसकेको ४५ लाख रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीले भारतको जोगबनीबाट बिआर ११ एए ६२६५ नम्बरको कारभित्र लुकाएर विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा रानी भन्सार नाकाबाट मंगलबार बिहान पैसाँको स्रोत खुल्न नसकेको पैसाँ र भारत अररीया फारबीसगंन्ज १ बस्ने ४५ वर्षिय नारायण शाहलाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरेको हो ।

    शाहले कारको सिटमुनी लुकाएर एक हजार दरका ३४ हजार थान, ५ सय दरको एक्काईस सय थान र एक सय दरको पाँच सय थान नेपाली रुपैयाँ प्रहरीले बरामद गरेको जिल्ला प्रहरी मोरङका प्रहरी प्रमुख एसपी अरुण बिसीले बताए । पछिल्लो समय विराटनगरमा अवैध हुण्डी कारोबारी गर्ने मुख्य गिरोह र स्रोत खुलाउन नसकेको रकम प्रहरीले धमाधम पक्राउ गर्न थालेपछि प्रहरीले भारतीय नागरिकसहित बरामद भएको पैसाँ हुण्डी कारोबारीको हुन सक्ने आशंका गरेको छ ।

    मोरङ प्रहरीले पक्राउ परेका भारतीय नागरिक शाह, स्रोत खुल्न नसकेको बरामद गरेको पैसाँ र नियन्त्रणमा लिएको कारलाई मंगलबारनै पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । ‘बरामद गरेको रकमको अहिलेसम्म स्रोत खुल्न सकेको छैन्,’ मोरङका एसपी बिसीले भने, ‘प्रहरीले हुण्डी कारोबार गर्नेहरुले नै कारण यति ठूलो रकम नेपाल पठाएको हुनसक्ने हाम्रो आशंका छ ।’ पक्राउ पर्ने शाह गाडी चालक रहेको प्रहरीले जानकारी दिएको छ । ‘चालकलाई पैसाँ दिएर सम्बन्धीत व्यक्तिलाई बुझाउन पठाएको प्रराम्भीक अनुसन्धानले देखाउँछ,’ एसबी बिसीले भने । थप विषयमा अनुसन्धान भइरहेको हुनाले पैसाँ धनी र यतिका ठूलो परिणामका यत्रो पैसाँ कहाँ पु¥याउन लगाएको त्यो पनि खुली नसकेको एसपी बिसीले बताए ।

    उनका अनुसार आवश्यक अनुसन्धान पछि सम्पत्ती शुद्धिकरण विभाग, राजस्व अनुसन्धान या मुद्रा अपचलन विनियम अन्तर्गत मुद्दा चलाइने टुंगो लाग्ने जानकारी दिए ।

    प्रहरीले यसअघि विराटनगरमा हुण्डी कारोबारी गर्ने मुख्य गिरोहरुलाई ठूलो परिणममा नगदसहित पक्राउ गरेको थियो । मोरङ प्रहरीले अनुपचन्द सेठिया र सन्तोषकुमार रौनियारलाई छुटाछुटै मितीमा पक्राउ गरेपछि अहिले हुण्डी कारोबारी गर्ने गिरोह र रकम प्रहरीले पक्राउ गर्दै आएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…