काठमाडौ । चितवनमा बस र माईक्रो बस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ ।चितवनको राप्ती नगरपालिका–४, भण्डारामा यात्रुबाहक बस र ईभी गाडी ठोक्किँदा ७ जनाको मृत्यु भएको हो ।
शनिबार बिहान साढे १० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको बस (प्रदेश १–०१–००१ ख ३४८३) र विपरीत दिशाबाट आइरहेको ईभी (बागमती प्रदेश ०३–००१ ज २९९) एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दुर्घटनामा दुबै गाडीका ३१ जना घाइते भएका थिए। घाइतेमध्ये उपचारका क्रममा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँकी घाइतेहरूलाई भरतपुर अस्पताल पठाइएको छ।
दुर्घटनास्थलमा नम्बर ३ गढिमाई बाहिनीबाट सप्रनिक कमाण्डमा ४१ जनाको टोली खटिएको थियो। दुर्घटनाको थप विवरण आउन बाँकी छ।