काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेकी नेकपा माओवादी नेतृ अमला रोकालाई काठमाडौं जिल्ला अदालतले २ लाख रूपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश गरेको छ ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार सोमबार न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई २ लाख रूपैयाँ धरौटी तारेखमा राख्ने आदेश गरेको हो ।
रोकालालाई केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीको टोलीले गत शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो। उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको थियो । उनी सुनकान्डमा मुछिएका बेल्जियम नागरिक दावा छिरिङका श्रीमतीसमेत हुन् ।