• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक प्रकाशन भएको छ ।
    नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार राष्ट्रिय पाठ्यक्रमले समेट्न नसकेका स्थानीय बिषयहरु समेटेर कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम निर्माण गर्न सक्ने अधिकार स्थानीय सरकारलाई दिएको छ । 
    सोही अधिकार बमोजिम पथरीशनिश्चरे नगरपालिकाले २०७९ सालमा स्थानीय पाठ्यक्रम निर्माण गरेको थियो । 
    उक्त पाठ्यक्रम अनुसार कक्षा १ देखि ५ सम्मको पुस्तक प्रकाशन भएर आएको र ६—८ सम्म प्रकाशनको अन्तिम चरणमा पुगेको पथरीशनिश्चरे नगर शिक्षा विभाग प्रमुख नवीन खुलालले बताए । 
    स्थानीय पाठ्यक्रम÷पाठ्यपुस्तक राष्ट्रिय पाठ्यक्रममा नपरेका, नसमेटिएका स्थानीय ज्ञान, सिप, प्रविधि समेटेर निर्माण गर्न स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख छ । 
    नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६, स्थानीय पाठ्यक्रम निर्देशिका २०७६ अनुसार राष्ट्रिय पाठ्यक्रममा नपरेका स्थानीय भाषा, लिपि, धर्म, संस्कृति, कला, खेल लगायत ९ वटा बिषय समेटेर स्थानीय पाठ्यक्रम अनुसारको पुस्तक प्रकाशन भएको हो । 
    स्थानीय पाठ्यक्रम÷पाठ्यपुस्तकको मूल उदेश्य स्थानीय ज्ञान, सिप, प्रविधिको साथै स्थानीय भाषा, धर्म, संस्कृति, लिपि, कला, भूगोल, पर्यटन, कृषि उत्पादन, स्थानीय समस्या, आर्थिक क्रियाकलाप, स्वाथ्य, वातावरण, प्रकृतिक प्रकोपबारे विद्यार्थीलाई ज्ञान दिनुसँग सम्बन्धित छ । 
    पाठ्यक्रम अनुसार पुस्तक लेखनको लागि पथरीशनिश्चरे नगरपालिकाले १३ जना विज्ञ प्रतिष्पर्धाबाट छनौट गरिएको नगर शिक्षा विभाग प्रमुख नवीन खुलालले बताए । पुस्तक सम्पादनमा चेतन पौडेल, ऋषिराज धिमाल, अर्जुन जम्नेली राई, रोहिणी घिमिरे, रबिन भट्टराई र डिल्लिराज दाहाल रहेका छन् । दाहाल भने ५ सम्मको सम्पादनपछि हाल अष्ट्रेलिया भ्रमणमा रहेका छन् । 
    पुस्तक लेखनमा डा. सोम धिमाल, दुर्गादेवी दंगाल, केशवप्रसाद निरौला, टिकाप्रसाद घिमिरे, उपेन्द्र बस्नेत, हर्कराज जिमी, जानकी चेम्जोङ, सम्पादन तथा लेखन चेतन पौडेल, ऋषिराज धिमाल, अर्जुन जम्नेली राई, रोहिणी घिमिरे, रबिन भट्टराई र डिल्लिराज दाहाल गरी १३ जनाले रहेको नगर शिक्षा विभागले जनाएको छ । कक्षा १ देखि ५ सम्मको पुस्तक तुरुन्त वितरणहुने र कक्षा ६—८ को प्रकाशनको क्रममा रहेको पथरीशनिश्चरे नगरका प्रमुख प्रशासकीय अधिकृत शशी राईले बताए । 
     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…