रामेछाप । पोखरीमा डुबेर रामेछाप देउरालीका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका–२ देउराली घर भएका ११ बर्षिय बालक हिमाल बसेलको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका–२ सतलुङमा स्थित सिंचाई पोखरीमा डबेर बालक हिमाल बसेलको मृत्यु भएको हो
रामेछाप नगरपालिका–२ देउराली घर भएका मृतक बालक बिगत ७ बर्ष देखि मावली घर लिखु गाँउपालिका–२ सतलुङ बस्दै आएका थिए ।
मावलीघरबाट खेल्न बाहिर गएकोमा अबेरसम्म पनि घर नफर्किए पछि खोजतलास गर्दे जाने क्रममा हजुरबुबाले घर देखि अन्दाजी दुई सय मिटर पूर्व सिचाइको लागि बनाएको पोखरीमा पौडी खेल्ने क्रममा डुबि मृत अवस्थामा फेला पारेको स्थानीयले बताएका छन् ।