काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजिनक हुने भएको छ । नतिजा सार्वजनिक गर्न आज अपराह्न ५ बजे बैठक बोलाइएको बोर्डका एक सदस्यले जानकारी दीए । प्राविधिक समस्या नआए आज साँझसम्म नतिजा प्रकाशन गरिने उनकाे भनाइ छ ।
गत वैशाख ११ गतेदेखि सुरु भएको परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना गरी पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए ।