काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको लिखिुपके गाउँपालिकाका पालिका सभापति राम चन्द्र बस्नेत पक्राउ परेका छन् ।
जवरजस्ती करणी गरी फरार रहेका बस्नेतलाई काठमाण्डौं महानगरपालिका १६ बनस्थलीबाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूचना अधिकारी विकास राईले जानकारी दिनुभयो ।
उहाँको जानकारी अनुसार फरक क्षमता भएकी महिलालाइ गत वर्षको साउन ६ गते परिवर्तित नाम गरेकी महिलालाई जवरजस्ती करणी गरेको कसुरमा ४५ वर्षीय बस्नेतलाई साउन १९ गते पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रकाउ गरिएका बस्नेतलाई सोलुखुम्बु जिल्ला अदालतबाट पहिलो पटक दिन ७ (सात) को म्याद थप गरेर अनुसन्धान कार्य भईरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।