• मोरङ । भारतीय नाटककार हबिब तनवीरद्वारा लिखित चर्चित नाटक ‘चरणदास चोर’ मोरङको पथरीमा मञ्चनहुने भएको छ  । 
    पथरीशनिश्चरेमा स्थापित ‘शब्द थिएटर’को ब्यानरमा साउन ३१ गतेदेखि हरियाली सामुदायिक वनको हलमा प्रदर्शनहुने नाटक जीवन बरालले निर्देशन गर्दैछन् ।
    भारत, बंगलादेश र नेपालमा निक्कै चर्चा कमाएको नाटक चरणदास चोर पथरीको पञ्चायत माविमा रियल्सन भइरहेको छ । नाटकलाई स्थानीय परिबेसमा ढालिएको निर्देशक जीवन बरालले बताउनुभयो । 
    नाटकमा अशोक साम्पाङ, सुमन कुइकेल, प्रेम खतिवडा, सन्तोष राई, पुष्प राई, रबिन रिजाल, रोशन मुर्मु, करुणा तिम्सिना, भूमिका बस्नेतको अभियन रहनेछन् ।
    त्यसैगरी ग्रिष्म लिम्बू, अनिषा श्रेष्ठ लगायतका कलाकारहरुको भूमिका रहने नाटकमा कोरियोग्राफ राम विकले गर्नेछन् । संगीत संयोजन पुष्प राईको रहने नाटकको सहायक निर्देशन सुमन कुइकेल र प्रेम खतिवडाको रहने शब्द थिएटरले जनाएको छ । 
    नाटक चरणदास चोरको नेपालीमा अनुवाद राजन खतिवडा र अशान्त शर्माले गर्नुभएको थियो । शब्द थिएटरले यस अघि ‘अनि देउराली रुन्छ’ प्रदर्शन गरेका थिए । हबिबले सन १९७५ मा लेखेको नाटकमा दरबारकी रानीले समेत मन पराएको एउटा चोर कथा रहेको छ । 
    शब्द थिएटरले आज साउन २२ गते पत्रकार सम्मेलनको आयोजना गरेर नाटक बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नाटक निर्देशक जीवन बराल, कलाकारसमेत रहेका शब्द थिएटरका अध्यक्ष अशोक साम्पाङ राई, सदस्य ईश्वर दुलाल, सहायक निर्देशकहरु र कलाकारहरुको उपस्थिति रहेको थियो । 


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…