मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा ‘प्रथम पथरीशनिश्चरे पञ्जा लडाइ खेलकुद प्रतियोगिता’ हुने भएको छ ।
द पावर जिम एण्ड फिटनेस क्लवको जिम हलमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी भदौ १४ गते (शनिबार) शनिश्चरेमा प्रतियोगित हुने जनाएको हो ।
द पावर जिम सञ्चालक लोकबहादुर तामाङको सभापतित्वमा भएको पत्रकार सम्मेलन कार्यक्रममा कार्यक्रम संयोजक विशाल बर्देबाले कार्यक्रम बारे जानकारी गराएका थिए ।
पञ्जा लडाइ ‘फस्ट पथरीशनिश्चरे आर्म रेष्टिङ’ कार्यक्रममा नगरका ५५ किलो, ५५—८५, ६५—७५ वेट भएका तीन समूहमा प्रतिष्पर्धा गराइने विशाल बर्देबाले बताए । तिनै तौल समुहका प्रथम, दोस्रो र तेस्रो हुनै ९ जनालाई पुस्कृत गरिनेछ ।
पहिलो, दोस्रो र तेस्रोहुने खेलाडीहरुलाई नगद ५, ३ र २ हजार, मेडल र प्रमान पत्र प्रदान गरिने अयोजक समितिका सचिव सागर भट्टराईले बताए । कार्यक्रममा उपाध्यक्ष अर्जुन राईले स्वागत गरेका थिए भने स्थानीय युवा नेता राजकुमार विकले शुभकामना मन्तव्य दिएका थिए ।