• मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले समापन भएको छ ।
    थारु कल्याणकारिणी सभा पथरीशनिश्चरे नगर समितिको आयोजनामा वडा नं. ४ स्थित सिरिसेडाँडामा भएको कार्यक्रममा विभिन्न टोल समूहद्वारा आकार्षक नृत्यहरु प्रस्तुत भएको थियो । 
    कार्यक्रमको प्रमुख अतिथि मोहन तुम्बापो, थारु कल्याणकारिणी सभा मोरङ जिल्ला अध्यक्ष प्रदिपकुमार विस्वास, पथरीशनिश्चरे नगर वडा अध्यक्षहरु लोककिरण न्यौपाने, नवीन कार्की, चेतेन्द्र खड्का, उद्दव वस्नेत, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, नेपाल आदिबासी जनजाति जाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राई, नेपाल आदिबासी जनजाति महासंघ नगर अध्यक्ष देवेन्द्र वनेम, थारु कल्याणकारिणी सभा कानेपोखरी पालिका समिति अध्यक्ष विद्यानन्द चौधरी लगायतले शुभकामना दिएका थिए । 
    आयोजक थारु कल्याणकारिणी सभा पथरीशनिश्चरे नगर समितिका अध्यक्ष रामनारायण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सभाका जिल्ला उपाध्यक्ष समेत रहेका ८ नं. वडाका जनप्रतिनिधि बाबुराम चौधरीले स्वागत गरेका थिए भने सचिव रामकुमार धामीले सञ्चालन गरेका थिए । 

    सामाजिक सञ्जाल खुल्ला गर्न माग

    कार्यक्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राईले उचित विकल्प विना, समाजिक सञ्जाल बन्द गरिएकोमा विरोध जनाएका छन् । 
    राईले सामाजिक सञ्जाल सूचिकृत हुनुपर्ने तर पर्याप्त कुटनीतिक पहल नगरी, अर्को विकल्प बिना सरकारले सञ्चार माध्यम बन्द गर्न नहुने बताए । नेपालमा इन्टरनेट, गुगल जस्ता अति आवश्यक सेवा बन्द भएमा खरिद गरेर भएपनि जनतालाई उपलब्द गराउनुपर्नेमा एक्कासी बन्द गर्न नमिल्ले फोनिज संघीय उपाध्यक्ष अर्जुन जम्नेली राईले बताए । 


     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…