• मोरङ । थारु महिलाहरुले मनाउने जितिया चाड विभिन्न मनोरञ्जन तथा शुभकामना आदानप्रदान गर्दै आज भव्य रुपले समापन भएको छ ।
    थारु कल्याणकारिणी सभा पथरीशनिश्चरे नगर समितिको आयोजनामा वडा नं. ४ स्थित सिरिसेडाँडामा भएको कार्यक्रममा विभिन्न टोल समूहद्वारा आकार्षक नृत्यहरु प्रस्तुत भएको थियो । 
    कार्यक्रमको प्रमुख अतिथि मोहन तुम्बापो, थारु कल्याणकारिणी सभा मोरङ जिल्ला अध्यक्ष प्रदिपकुमार विस्वास, पथरीशनिश्चरे नगर वडा अध्यक्षहरु लोककिरण न्यौपाने, नवीन कार्की, चेतेन्द्र खड्का, उद्दव वस्नेत, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, नेपाल आदिबासी जनजाति जाति पत्रकार महासंघ (फोनिज) केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राई, नेपाल आदिबासी जनजाति महासंघ नगर अध्यक्ष देवेन्द्र वनेम, थारु कल्याणकारिणी सभा कानेपोखरी पालिका समिति अध्यक्ष विद्यानन्द चौधरी लगायतले शुभकामना दिएका थिए । 
    आयोजक थारु कल्याणकारिणी सभा पथरीशनिश्चरे नगर समितिका अध्यक्ष रामनारायण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सभाका जिल्ला उपाध्यक्ष समेत रहेका ८ नं. वडाका जनप्रतिनिधि बाबुराम चौधरीले स्वागत गरेका थिए भने सचिव रामकुमार धामीले सञ्चालन गरेका थिए । 

    सामाजिक सञ्जाल खुल्ला गर्न माग

    कार्यक्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)का केन्द्रीय उपाध्यक्ष अर्जुन जम्नेली राईले उचित विकल्प विना, समाजिक सञ्जाल बन्द गरिएकोमा विरोध जनाएका छन् । 
    राईले सामाजिक सञ्जाल सूचिकृत हुनुपर्ने तर पर्याप्त कुटनीतिक पहल नगरी, अर्को विकल्प बिना सरकारले सञ्चार माध्यम बन्द गर्न नहुने बताए । नेपालमा इन्टरनेट, गुगल जस्ता अति आवश्यक सेवा बन्द भएमा खरिद गरेर भएपनि जनतालाई उपलब्द गराउनुपर्नेमा एक्कासी बन्द गर्न नमिल्ले फोनिज संघीय उपाध्यक्ष अर्जुन जम्नेली राईले बताए । 


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…