काठमाडौं । काठमाडौंमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ । मंगलबार बिहान साढे ८ बजेदेखि लागू हुनेगरी प्रमुख जिल्ला अधिकारी छविलाल जोशीले काठमाडौं महानगरको चक्रपथभित्र कर्फ्यू आदेश जारी गरेका हुन्।
काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भूभागमा कर्फ्यु आदेश जारी भएको छ ।