• मोरङ । मनकामना सामुदायिक वनको चर्चा अमेरिकामा समेत हुने गरेको मोरङ पथरीशनिश्चरे नगरपालिका—१ नं. वडा अध्यक्ष भीमकुमार राईले बताउनुभएको छ । 
    पथरीशनिश्चरे नगरमा स्थापित मनकामना सामुदायिक वन समूहको १७ औं साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राईले सो कुरा बताउनु भएको हो । 
    कार्यक्रमको प्रमुख अतिथि राईले अमेरिकामा रहेका साथीहरुले समेत मनकामना सामुदायिक वनको चर्चा गरेको बताउनुभयो । साथीहरु नेपाल आउदा मनाकामना सामुदायिक वनमा रहेको कटुसे खाजा घर र ट्रिहाउसमा घुम्न गएको बारे चर्चा गर्ने गरेको बताउनुभयो । 
    कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश समिति सदस्य अग्नी पौडेल, मोरङ जिल्ला अध्यक्ष मदन पोखरेल, पथरीशनिश्चरे नगर समिति अध्यक्ष मैना आचार्य, डिभिजन वन कार्यालय पथरीका प्रमुख त्रिभुवन साहा, सुनाखरी मावि व्यवस्थापन समितिका अध्यक्ष प्रदीपकुमार राई, भुल्के पशुपति समूहका सचिव सुस्मिता लिम्बू लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । 
    खुल्ला सत्रमा अध्यक्ष उदयकुमार राई, सचिव मञ्जु लिम्बू, कोषाध्यक्ष शान्तमाया शेर्पा, लेखा समिति संयोजक यामबहादुर सुब्बाद्वारा प्रतिवेदन पेस गर्नुभएको थियो । 
    कार्यक्रममा एकल महिला र जेष्ठ उपभोक्ताहरुलाई नगद, टिका र माला लगाएर सम्मान गरिएको थियो । समूहका अध्यक्ष उदयकुमार राई (दिनेश)को सभापतित्वमा भएको कार्यक्रममा कार्यलय सचिव संमृता राईले सञ्चालन गर्नुभएको थियो । 

     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…