• मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्दै मोरङको पथरीशनिश्चरे नगरपालिका—१० मा स्थापित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको २४ औंं वार्षिक साधारण सभा आज (सुक्रबार) समापन भएको छ । 
    संस्थाका अध्यक्ष हरि निरौलाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रम पथरीशनिश्चरे १० नम्बर वडा अध्यक्ष जीवन खतिवडाको प्रमुख आतिथ्यतामा भएको थियो । 
    कार्यक्रममा प्रमुख अतिथि खतिवडा, डिभिजन वन कार्यालय कानेपोखरीका प्रमुख विदुर तिवारी, सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश सदस्य अग्नी पौडेल, जिल्ला कार्यबाहक अध्यक्ष मदन पोखरेल, नगर अध्यक्ष मैनादेवी आचार्य, छिमेकी सामुदायिक वनको तर्फबाट शान्ति वन समूहका अध्यक्ष कुलमणी गुरुङ, डाँस मोरङ्गीको पूर्व अध्यक्ष अर्जुन पोखरेल लगायतले शुभकामना दिनुभएको थियो । 
    खुल्ला सत्रमा समूहका अध्यक्ष हरि निरौला, सचिव दृश्य बगाले, कोषाध्यक्ष धनबहादुर श्रेष्ठ लगायतले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
    कार्यक्रममा गत एसईइ परीक्षामा उच्च जीपीए ल्याउने उपभोक्ताका छोराछोरीहरु, जेहेन्दार छात्रछात्रालाई छात्रवृत्ति, जेष्ठ नागरिक, सफल कृषक र दुई जना हेरालुहरुलाई सम्मान गरिएको थियो । 
    कार्यक्रममा मनकामना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनेश राई, आयोजक समूहका पूर्व अध्यक्ष जीवन कटुवाल लगायततको उपस्थिति रहेका थिए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…