• मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आयोजक पथरी—११ र सलहेश युवा क्लब सिराहा भिड्ने भएको छ । 
    आज भएको अन्तिम सेमि फाइनल खेलमा एनआरटी काठमाडौंलाई १—० गोलको अन्तरले पराजित गर्दै आयोजक पथरी—११ फाइनलमा प्रवेश गरेको हो ।

    पहिलो हापको २५ औं मिनेटमा आयोजक पथरी ११ का लागि शौर्य राउतले एक मात्र निर्णायक गोल गरेका थिए । खेलको म्यान आफ द म्याच गोल कर्ता शौर्य राउत घोषित भए । 
    प्रतियोगिताको पहिलो सेमी फाइनल खेलमा ट्राइव्रेकरमा पाँचथरलाई ४—२ गोल अन्तरले पराजित गर्दै सलहेश फाइनलमा प्रवेश गरेको थियो । 
    उपाधि विजेता टिमले नगद पाँच लाख र उपविजेता टिमले २ लाख पचासहजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक पथरी ११ का अध्यक्ष सुमन बिकले बताउनुभयो । प्रतियोगितामा नेपाल र भारतको आठ टिम सहभागी रहेका थिए । फाइनल खेल कार्तिक २२ गते (शनिबार)हुने आयोजक समितिका सचिव केशर राईले बताए ।  
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…

मोरङ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै मोरङको पथरीशनिश्चरे—२, मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहक…

मोरङ । उत्कृष्ट जीपीए ल्याउने उपभोक्ताका छोराछोरीलाई छात्रावृत्ति, जेष्ठ उपभोक्ता र कृषकलाई सम्मान प्रदान गर्द…