• मोरङ । लोकसागर साम्बा मोरङको पथरीमा भएको सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) प्रतियोगिताको च्याम्पियनहुनु भएको छ । 
    नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिको आयोजनामा भएको ‘सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप—२०८२’ भएको थियो । 
    प्रतियोगितामा अपराजित यात्रा तय गर्दै ९ राउण्डको खेलमा ८.५ अंक जोड्दै प्रतियोगिताको च्याम्पियन हुनुभएको हो । त्यसैगरी ८ अंकसहित अग्रिम खड्का दोस्रो, ७ अंकसहित रोहित सुब्बा तेस्रो, समान ६.५ अंकसहित निलम बस्नेत, रोशन ढुङ्गाना चौथो र पाँचौ हुनुभएको छ । 
    आयुश लिम्बू, पुकार राई, आभास कार्की, नवीन बस्नेत, समिरा राई, सिद्धान्त कन्दङ्वा क्रमस छैटौदेखि १० औं पुरस्कार जित्नु भएको छ । 
    महिला च्याम्पियनमा क्रिष्टि राई, शुस्मा राई, दोस्रो र रेबिका लिम्बू तेस्रो हुनुभएको छ । 
    विद्यालयतर्फ रेड स्टार बोर्डिङका आभास कार्की, वाल्मीकि बोर्डिङ स्कुलका जेसन राई दोस्रो र किर्तिपुर एकेडेमीकाका रोयल राई तेस्रो हुनुभएको छ । भ्याट्रन एमबी सुब्बाले जित्नुभएको छ । 
    प्रतियोगितामा पथरीशनिश्चरे नगरको ५९ जना सहभागी रहेको प्रतियोगिताको आरबिटर (निर्णायक)समेत रहनुभएका बुद्धिचाल संघ नगर समितिको संस्थापक अध्यक्ष डम्बर बाछाना राईले बताउनुरभयो । 
    कार्तिक २१ गते पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोद्वारा उद्घाटन भएको कार्यक्रम २६ गते पञ्चायत माविका प्रधानाध्यपक अर्जुनकुमार बुढाथोकीको प्रमुख अतिथ्यतामा समापन भएको थियो । समापन कार्यक्रममा पथरीशनिश्चरे १ नं. वडा अध्यक्ष भीमकुमार राई, कार्यापालिका सदस्य वीरध्वज शिवा, पथरीशनिश्चरे नगर प्यव्सनका अध्यक्ष शन्तोष बस्नेत, प्रतियोगिताको टाइटल स्पन्सर एभरेष्ट बोर्डिङ स्कुलका सञ्चालक रबिन कन्दङ्वा लगायतको हातबाट पुरस्कार प्रदान गरिएको थियो । 
    आयोजक संस्थाका अध्यक्ष रोहित सुब्बाको सभापतित्वमा भएको समापन कार्यक्रममा विजेता खेलाडीहरुलाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित सिरिजङ्गा धार्मिक वनको सभा हलमा बुधबार भक्तराज कन्दङ्वाको स्मृति सभा सभ…

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…