• मोरङ । कुलमान घिसिंङ प्रत्यक्ष रुपमा नदेखिएपनि घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यय राजावादी भएको आरोप लागेको छ । 
    पहिचानवादी आन्दोलनमा रहेको संयुक्त पहिचानवादी मोर्चाको संघीय समितिको सदस्य सचिव अशोक चेम्जोङले सो आरोप लगाएका हुन् । 
    उज्यालो नेपाल पार्टी गठन भएपछि अशोक चेम्जोङ, ज्ञानबहादुर गुरुङ, अमर इजम लगायतसँगै काम गरेका संयुक्त पहिचानवादी मोर्चाको संयोजक डा. महेन्द्र लावती लगायतका नेताहरु सो पार्टीमा गएका छन् । 
    पहिचानवादी मोर्चाका संयोजक महेन्द्र लावती, डकेन्द्रसिंह थेगिम उज्यालो पार्टीका केन्द्रीय सदस्य भएका छन् । 
    एउटै मोर्चामा काम गरेका नेताहरु उज्यालो पार्टीमा लागेपछि सदस्य सचिव अशोक चेम्जोङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उज्यालो नेपाल पार्टीका अध्यक्ष उपाध्यय राजावादी भएको आरोप लगाएका हुन् । 
    उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्नु अधि अनुपकुमार उपाध्ययले देश जोगाउने हो भने जेन्जीले जेन्जी पुस्ताका राजपरिवारलाई राजा बनाउनुपर्ने स्टाटस पटक पटक लेखेको भन्दै उनी राजावादी भएको अशोक चेम्जोङको तर्क छ । 
    अशोक चेम्जोङले स्टाटसमा लेखेका छन ‘कुलमान घिसिङले नेतृत्व अस्वीकार गर्नु र राजावादीको नेतृत्वमा पार्टी गठनहुनु अनपेक्षित तथा निराशाजनक भयो ।’ 

    संयुक्त पहिचानवादी मोर्चाको गठन
    विशेष गरी १ नं. प्रदेश (कोशी)को नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुन नामकरण गराउने उदेश्यले सामाजिक संस्थाहरु र पहिचानवादी पार्टीहरुले प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएको छ । 
    आन्दोलनको क्रममा ४२ बर्षिय पदमकुमार लिम्बू (लाजेहाङ)को बलिदानी (साहदत), सहिद भइसकेका छन भने आशिष साम्बा लिम्बू हालसम्म जेल जीवन विताइरहेका छन् । दर्जन बढी घाइते हालसम्म पूर्ण स्वास्थ्य भएका छैनन् । 
    पहिचान आन्दोलनकैवीचमा भएको इलाम—२ को संघीय सांसदको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमले झण्डै १२ हजार मत ल्याएका थिए । 
    पहिचान आन्दोलनमा तत्कालीन जनता समाजवादी पार्टीबाट विभाजित भएर डा. महेन्द्र लावती, खगेन्द्र माखिम, नागरिक उन्मुक्ति पार्टी सम्बद्ध ज्ञानबहादुर गुरुङ, अशोक चेम्जोङ लगायतका नेताहरु कोशी नाम विरुद्धको आन्दोलनमा थिए । 
    आन्दोलनकै क्रममा उपनिर्वाचनपछि डा.महेन्द्र तावती, खगेन्द्र माखिम, पूर्व मन्त्री गोपाल किराती लगायतले पहिचानवादी मोर्चा गठन गरेर राजनीतिक पार्टी बनाउने उदेश्यले अघि बढेका थिए । 
    पछि सो मोर्चामा नागरिक उन्मुक्ति पार्टीबाट आएका ज्ञानबहादुर गुरुङ, अशोक चेम्जोङ, भविराज तुम्सा, अमर इजम लगायत जोडिएर संयुक्त पाहिचानवादी मोर्चा गठन गरेर पार्टी दर्ता गर्ने लक्षको साथ संगठन निर्माणहुँदै आएका थिए । उक्त मोर्चामा अन्य संगठनहरु पनि थिए । 
    जेनजी आन्दोलनपछि विकासित घट्ना क्रम र विभिन्न नयाँ पार्टी गठनको क्रम बढेपछि डा.महेन्द्र लावती संयोजक रहेको संयुक्त पहिचानवादी मोर्चाले कुलमान घिसिङको अध्यक्षतामा बलियो पार्टी बनाउने एक बुँदे निर्णय भएको तत्कालीन संयुक्त पहिचानवादी मोर्चाको सदस्य सचिव अशोक चेम्जोङ बताउछन् । 
    कुलमान घिसिङकै अध्यक्षतामा पार्टी दर्ता गर्ने निर्णय विपरित अनुपकुमार उपाध्ययको नेतृत्वमा उज्यालो नेपाल पार्टी दर्ता गरेपछि अशोक चेम्जोङ, ज्ञानबहादुर गुरुङ (पूर्व नाउपा) लगायत उज्यालो नेपाल पार्टीमा गएनन् । 
    संयुक्त पहिचानवादी मोर्चाबाट डा.महेन्द्र लावती, डकेन्द्रसिंह थेगिम पार्टीको केन्द्रीय सदस्यमा नाम रहेका छन । 
    तत्कालीन संयुक्त पहिचानवादी मोर्चाका सदस्य सचिव अशोक चेम्जोङले कुलमान घिसिङ नै अध्यक्ष बनेमात्र सो पार्टीमा जाने निर्णय भएको बताउछन् । 
    कुलमान घिसिङ अध्यक्ष नबनेको उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यय राजावादी भएको, पार्टी गठन अघि पर्याप्त छलफल नभएको कारण आफूहरु सो पार्टीमा नगएको चेम्जोङको भनाइ छ । कुलमान घिसिङ अध्यक्ष बन्ने परिस्थिति नबनेसम्म आफूहरु सो पार्टीसँझ छलफलमै नजाने चेम्जोङको भनाइ छ ।
    पहिचानवादी आन्दोलन शसक्त बनाउने घोषणा 
    मोर्चाका केही नेता उज्यालो नेपाल पार्टीमा गएपनि आफूहरु पहिचानवादी अन्दोलनलाई थप संशक्त बनाउदै संयुक्त पहिचानवादी मोर्चा अघि बढाउने निर्णय गरेको चेम्जोङले बताए । 
    सो समूहको सोमबार (२०८२ मंसिर १) झापा दमक ४ स्थित पांग्रिझ्याल होटलमा बैठक बसेको थियो । सो बैठकले अन्य संगठनहरुसँग छलफल गर्न अशोक चेम्जोङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको जनाइएको छ । 
    समितिमा सदस्य सचिव भबिराज तुम्सा, सदस्यहरुमा धनबहादुर पन्धाक, पूर्णकला लिम्बू, अमर इजम, प्रबेस पाण्डे, देउमान लिम्बू रहेका छन् ।
    सुरुमा नागरिक उन्मुक्ति पार्टीमा रहेका यो समूह पछिल्लो समयमा रेशम चौधरी, रंजिता श्रेष्ठ दुवै पक्षसँग सम्बन्ध नरहेपनि पूर्वमा ज्ञानबहादुर गुरुङको संयोजकत्वमा ६१ सदस्यीय केन्द्रीय समिति बनाएर सांगठानिक क्रियाकलापहरु गर्दै आएको छ । संगठनको नाम नाउपा एकीकृत बनाएका छन् । 

     


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १ मा स्थापित तमु बौद्ध गुम्बाको ११ औं चुनावी साधारण सभाले कुलबहादुर गुरुङको …

मोरङ । लोकसागर साम्बा मोरङको पथरीमा भएको सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) प्रतियोगित…

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित सिरिजङ्गा धार्मिक वनको सभा हलमा बुधबार भक्तराज कन्दङ्वाको स्मृति सभा सभ…

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…