• माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, नगर र गाउँ एकीकरणको प्रक्रियामा छ ।
    यसै क्रममा एकता प्रक्रियासँगै बन्ने नयाँ समितिको मोरङ जिल्ला अध्यक्ष बन्न पूर्व जनसरकार प्रमुख प्रेम मिभक लिम्बू (क.दृष्टि) अघि बढेका छन् । 
    राजतन्त्रको अन्त्य, संघीय गणतन्त्र स्थापनाको मुद्धा लिएर जनयुद्धमा होमिएको तत्कालीन माओवादी पार्टीको २०५६ सालमा पूर्णकालीन सदस्य हुनुभएको थियो प्रेम मिभक । 
    तत्कालीन जनमुक्ति सेनाको फौजी कमिसारहुँदै मिभकलाई पार्टीले २०६० सालमा मोरङ जिल्ला जनसरकार प्रमुखको जिम्मेवारी दिएका थिए । 
    पार्टी एकता अघि माओवादी केन्द्रको प्रदेश समिति सचिवालय सदस्य, मोरङ जिल्ला सहइन्चार्ज हुनुहन्थ्यो । 
    तत्कालीन माओवादी सम्बद्ध खम्बुवान र लिम्बुवान मोर्चा एकतापछि बनेको किराती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सचिव, पछि लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संघीय उपाध्यक्ष, पार्टी संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको १ नं. प्रदेश समितिको संयोजक हुनुहुन्छ ।
    ‘हालसम्म कुनै लाभको पद लिएको छुइन’ प्रेम मिभक भन्नुहुन्छ ‘एक पटक मोरङ जिल्ला अध्यक्ष भएर नेपाली कम्युनिष्ट पार्टी हाँक्ने इच्छा छ ।’ 
    एकता प्रक्रियामा रहेका संगठनको नेता र गाउँ नगरका कार्यकर्ताहरुसँग पार्टी अध्यक्ष बन्ने बारे छलफल अघि बढाएको मिभकले बताए । 
    २०७० को निर्वाचनमा मिभक पार्टीको तर्फबाट संघीय सांसदको समानुपातिक उमेद्वार बन्नु भएको थियो । साहित्य विद्यामा रुचि राख्ने प्रेम मिभक लिम्बूको फुटकर कविता लगायत विभिन्न साहित्यिक सामाग्री बिभिन्न पत्रपत्रिका तथा अनलाइनहरुमा पढ्न पाइन्छ । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…