• मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला सुक्रबार समापन भएको छ । 
    अतिरिक्त क्रियाकलापमा मोरङ जिल्ला स्तरीय लेखकुद प्रतियोगितामा विजेता विद्यालयहरुलाई सम्मान र विभिन्न प्रतिवेदन पास गर्दै पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला समापन भएको हो । 
    भेलामा प्याब्सन पथरीशनिश्चरे नगर समितिका अध्यक्ष शन्तोष बस्नेत, सचिब सुजन बास्तोलाले प्रस्तुत गर्नुभएको प्रतिबेदनहरु छलफलपछि पारित भएको थियो । 
    प्याब्सन मोरङ जिल्ला समिति अध्यक्ष जगतबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्तरीय खेलकुद लगायतको प्रतियोगितामा विजेता विद्यालयहरुलाई सम्मान गरिएको थियो । 
    पथरीशनिश्चरे १ मा स्थापित एभरेष्ट बोर्डिङ स्कुलले लोक नृत्य जुनियरतर्फ प्रथम, सिनियर तर्फ दोस्रो, भलिबल, टेबलटेनिस, एथलेटिस् लगायत मा पुरस्कार जितेकोमा नगर प्याब्सनबाट सम्मानित भएको छ । 
    लोक नृत्यमा सिनियरतर्फ प्रथम भएकोमा मोरङ मेरिगोल्ड, भलिबल, लोकनृत्यमा जिल्ला स्तरीय पुरस्कार जितेकोमा रेडस्टार बोर्डिङ स्कुल, चित्रकलामा जुनियरतर्फ तृतीय भएकोमा ब्राइट करियर, चित्रकला, लोकनृत्यमा पुरस्कार जितेको ग्रेट ग्रेस कोर्डिङ स्कुललाई पथरीशनिश्चरे नगर प्याब्सनले सम्मानपत्र प्रदान गरेका थिए । 
    कक्षा ८ मा पथरीशनिश्चरे नगर स्तरीय परीक्षामा सत प्रतिशत नजिता निकाल्न सफल ब्राइट केरियर लगायतका विद्यालयलाई समेत कदरपत्र प्रदान गरिएको थियो । 
    कार्यक्रममा पथरीशनिश्चरे नगर शिक्षा तथा खेलकुद विभाग प्रमुख नवीन खुलाल, हिसान मोरङ जिल्ला समितिको बरिष्ठ उपाध्यक्ष टीएन तिम्सिना, प्याब्सन मोरङका पूर्व अध्यक्ष अर्जुन बस्नेत लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…

माओवादी केन्द्र लगायत १५ वटा कम्युनिष्ट घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै प्रदेश, जिल्ला, …

मोरङ । प्याब्सन पथरीशनिश्चरे नगर समिति (मोरङ)ले आयोजना गरेको भलिबल खेलमा छात्र र छात्रा दुबै तर्फको खेलमा…