• मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग गरेको घोषणा गरेको छ । 
    मोरङको पथरीशनिश्चरे—१ का मिश्रले हिजो साँझ सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । 
    ‘आजका मितिबाट कुनैपनि पोल्टिकल पार्टीको सदस्य नरहनेगरी नागरिक मतदाता मात्र रहने निर्णय गरेको सबैमा जानकारी गराउदछु ।’ मिश्रले फेसबुक वालमा लेख्नु भएको छ । ‘मेरो दलमा रहेको साधारण सदस्यता लगायत सम्पूर्ण जिम्मेवारीसमेत त्याग गर्दछु ।’
    मिश्र भूपू शिक्षक हुन् । सेवामा रहँदा कांग्रेस, माओवादी निकटहुँदै आएपनि सेवा अवधि सकिएपछि एमाले १ नं. प्रदेश समिति सदस्यहुँदै वर्तमान सल्लाहकार समिति सदस्य रहेको एक एमाले स्थानीय नेताले बताए । 
    मिश्रको फेसबुक सञ्जालको पोष्टहरु हेर्दा एमालेको लाइन संघर्षमा ईश्वर पोखरेल पक्षधर देखिन्थे । ११ औं महाधिवेशनमो प्रचार गर्नेक्रममा नृतन नेतृत्व आजको आवश्यकता लेख्दै आएको देखिन्छ । 
    महाधिवेशनकै क्रममा ईश्वर पोखरेल समूहले केपी ओलिको अनुहार लिएर निर्वाचनमा जान नसकिने खुल्ला रुपमा बताउदै आएका थिए । यद्यपि ओली नै अध्यक्षमा निर्वाचित भएपछि समानुपातिक उमेद्वारमा ईश्वर पोखरेल (गोकर्ण विष्ट, योगेश भट्टराई) पक्षधरको एकै जनाको नाम नपरेपछि इतर पक्षले पार्टी परित्याग गर्ने क्रम सुरुभएको समाचारहरु आइरहेको छ । 
    यद्यपि पर्शु मिश्रले भेन किन पार्टी परित्याग गरेको हो सो बारे सञ्जालमा स्पष्ट रुपमा लेखेका छैनन् । फोन सम्पर्क गर्दा सम्पर्कहुन सकेन । पार्टी परित्याग गरेको मिश्रको स्टाटसमा एमाले निकटहरुबाट शुभकामना दिएको देखिन्छ । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…