मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म कुनै निश्चित नभएपछि संघर्ष समिति गठन भएको छ ।
एसियन हाइवे सहरी क्षेत्र ३० देखि ५० मिटर चौडाइको, अर्ध सहरी क्षेत्रमा २२ देखि ३३ मिटर र ग्रमिण क्षेत्र २२ देखि २५ मिटर चौडाइको बन्ने मापदण्ड रहेको छ ।
पथरीशनिश्चरे सडक खण्डमा अर्थसहरी क्षेत्रको मापदण्ड अनुसार ३३ मिटरको मात्र बन्न लागेपछि करिव एक बर्ष अघिदेखि स्थानीयबासीहरुले सहरी मापदण्ड अनुसार बन्नुपर्ने खबदारी गर्दै आएका थिए ।
यसका लागि पथरीशनिश्चरे नगरपालिका, सरोकारवाला, आयोजना÷निर्माण कम्पनीसँग पटक पटक छलफलहुँदै आएको थियो ।
यद्यपि हालसम्म आइपुग्दा पथरीशनिश्चरे नगर क्षेमा ५० मिटर चौडाइको बन्ने कुनै निश्चित नभएपछि आइतबार पथरीको नवर्देश्वर मन्दिरमा भएको भेलाले संघर्ष समिति गठन गरेको छ ।
समितिको संयोजकमा पूर्व १ नम्बर वडा अध्यक्ष बाबुराम एङ्देन रहेका छन् । समितिको सहसंयोजकमा कमाल हाङ्बाङ रहेका छन् ।
सदस्यहरुमा मधु लिम्बू, ईश्वरी साप्कोटा, राजेन्द्र मण्डारी, लक्ष्मी दुलाल, महेश बुढाथोकी, यादवचन्द्र दुलाल, कुलबहादुर गुरुङ, रोहित सुब्बा, राजन तिम्सिना, तुलशी ढकाल, अर्जुन राई, हरेन्द्र खत्री, सम्बरबहादुर राई, शुरेस भट्टराई, गोबिन्द कटुवाल, गोपाल तामाङ, ढकबहादुर अधिकारी, मदन पोखरेल, शिव तिम्सिना, दुर्गाप्रसाद भट्टराई, भरत भण्डारी, मान दियाली, धर्म बोहोरा, केशव प्रधान लगायत ५१ सदस्यीय संघर्ष समिति गठन गरेको छ । समितिलाई ५५१ सदस्यीय बनाइने बताइएको छ ।
संघर्ष समितिले ५० मिटर सडक बन्ने निश्चित नभएसम्मको लागि निर्माण बन्द गर्ने, वडा नं. १० जिरिखिम्तिमा निजी जग्गामा पुरानो सडक रहेको र नयाँ बन्दा छाड्नु पर्ने समस्यालाई समेत संघर्ष समितिले ध्यान दिने निर्णय भएको छ ।
संघर्ष समितिले आइतबारै पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देवीमाया काफ्ले र १ नं. वडा अध्यक्ष भीमकुमार राई भेटेर नगर क्षेत्रमा ५० मिटरको बन्ने निश्चित नभएसम्म काम रोक्न आग्रह गरेका छन् ।
छलफलमा पथरीशनिश्चरे नगरपालिकाले हालसम्म गरेको पहलबारे नगरप्रमुख लगायतका जनप्रतिनिधिहरुले बताएका थिए ।
संघर्ष समितिले भने पथरीशनिश्चरे नगर क्षेत्रमा सहरी मापदण्ड अनुसार ५० मिटरको नबने यस क्षेत्रमा काम गर्न स्थगित गर्दै चरणबद्ध आन्दोलन गर्ने मुख्य सडक बन्दसम्म गर्ने चेतावनी दिएका छन् ।
एसियान हाइवे पथरी पूर्वमा उर्लाबारी, झापा दमक पश्चिममा सुन्दरहरैचाको खोर्साने, विराटचौक, सलकपुर, सुनसरीको इटहरी ५० मिटर चौडाइको सडक बन्दैछ । पथरीमा भने अन्य सहरभन्दा सानो २५ देखि ३३ मिटरको बन्ने भएपछि स्थानीय नगरबासीले चासो राख्दै आएका थिए ।
एसियन हाइवेको डीपीआर २०७५÷०७६ मा भएको थियो । त्यसबेला पथरी बजार र पूर्व दक्षिणको केही घरहरु जोगाउने उदेश्यले डीपीआरमा सडक सानो बनाएको बुझिन्छ । यद्यपि सो गल्तिलाई सच्याएर पुनः डिजाइन गरेर ५० मिटरको बनाउनु पर्ने माग रहेको छ ।
पथरीको पूर्व र पश्चिम सहरको जत्रो सडक बनाउन पथरी बजारमा रहेको ८२ वटा घरहरु केही भाग भत्काउनु पर्ने अवस्था छ । सडकको क्षेत्रमा पर्ने जग्गामा निजी घर बनाउन पाइन्दैन । केही घरको भाग परेपनि नक्सामा सडककै जग्गा देखिन्छ ।
मलामी र नगरपालिका पुग्न समस्या
सडक पुन डिजाइन नभए पथरी बजारका मनिस मर्दा घाटसम्म लान समस्या देखिन्छ ।
एसियन हाइवे अन्तराष्ट्रिय सडक भएकोले सडकमा मानिस हिड्ने कल्पना गरिदैन । विगतको भन्दा चौडा हुनेभएकोले सवारी साधन तिव्र गतिमा गुड्ने गर्दछ ।
पथरी बजार र नगर क्षेत्रका मानिस मर्दा बजार पूर्व जयचोक र पश्चिममा डाँसखोला समाधिस्त गर्न होस वा दाहसंस्कार गर्न पु¥याउने चलन छ ।
अधिकांश मलामी हिडेर वा २ पांग्रे सवारी साधनमा जाने चलन छ । मलामी जाँदा हालको सडक जामैहुने गरेको छ ।
अब बन्ने हाइवेमा मानिस पैदल नहिड्ने र जाम नगर्ने हो भने मजामीसमेत जान कठिनहुने अवस्था छ । नगरपालिका भवन पथरी बजार पश्चिम शिविर डाँडामा बन्दैछ । बजार पथरीमा र भवन त्यहाँहुँदा बजारबाट आवत जावतको चाप निश्चित रुपमा बढ्ने छ ।
हाइवे पुन डिजाइन गरेर डाँसखोला देखि जयचोकसम्म सके कम्तिमा ३३ मिटरको सडक बनाउन माग गर्नुपर्ने अवस्था छ । यो समितिले समेत पथरी बजारलाई मात्र ध्यान दिएमा भाविश्यमा मलामी जाने, नगरपालिका जाने समस्या आउनेछ । त्यसैले ध्यान पु¥याएर दुरदर्शिता अपनाउन जरुरी छ ।
