• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरुहुँदैछ । 
    प्रतियोगितामा ४१ वटा संस्थागत र २७ वटा सामुदायिक गरेर ६८ वटा विद्यालयहरु सहभागीहुने आयोजक पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिनुभयो । 
    खेलकुदमा करिव तीन सय विद्यार्थी सहभागीहुने छन् । रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कपर्दी (छात्र, छात्रा), एथलेटिक्स (ट्रयाक) (१०० देखि ३००० मिटर) दौड, रिले दौड, एथलेटिक्स (फिल्ड)तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याब्लिङ थ्रो, सटफुट प्रतियोगिता हुनेछन् । 
    यो पटकदेखि आधारभूत तह (कक्षा १—८) मात्र चलेका विद्यार्थीहरुवीच दौड, रिले दौड, सम्झना खेल सम्बन्धी प्रतियोगिता गराइने आयोजक पञ्चायत माविका प्रधानाध्यक्षक बुढाथोकीले बताउनुभयो ।

    विभिन्न समितिहरु गठन र जिम्मेवारी
    रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन सदस्य सचिव अर्जुनकुमार बढाथोकीको नेतृत्वमा सचिवालय र विभिन्न समितिहरु गठन गरिएको छ । 
    अतिथि सत्कार समितिको संयोजक नोवलकिशोर खनाल, प्रचारप्रशार समितिको संयोजकमा अर्जुन जम्नेली राई, स्वयमसेवक परिचालनमा पिताम्बर नेपाल, अभिलेखिकरणमा भरतबहादुर खड्का, कार्यालय सञ्चालमा चेतन पौडेल, सचिवालय संयोजन रविन भट्टराई, प्राविधिक टिममा रोहिणी घिमिरे, निरज ढकाल, कार्यालय सञ्चालनमा उपेन्द्र बस्नेतलाई संयोजकको जिम्मासहित समितिहरु गठन भएको सदस्य सचिव बुढाथोकीले बताउनु भयो । 
    तीन दिनसम्म चल्ने प्रतियोगिताको लागि खेलकुदतर्फ भलिबलमा नरेश राई, एथलेटिक्स (ट्रयाक)तर्फ दिलिप खवास, एथलेटिक्स (ट्रयाक)तर्फ उपेन्द्र बस्नेत, कपर्दी दिनेश सुवेदी, करातेको जिम्मा सुरेन्द्र लिम्बू, आधारभूत विद्यालयका सम्झना खेलतर्फ रिताकुमारी धिमाल, जानुका भट्टराई, कविता भण्डारीलाई संयोजकको जिम्मेवारी दिदै समितिहरु गठन भएको छ । 
    राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन तथा निर्देशन समितिको संयोजक नगर प्रमुख रहने व्यवस्था रहेको छ । नगर प्रमुख मोहन तुम्बापोको अध्यक्षतामा आयोजक विद्यालयका प्रधानाध्यापक सदस्य सचिव अर्जुन बुढाथोकी रहेका छन् । 
    नगर प्रमुख व्यास्त रहनेहुँदा सदस्य सचिवलाई प्रमुख कार्यकारीको जिम्मेवारी तोकेर कार्यक्रम सफल बनाउने चलन रहेको छ । मूल समितिमा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख, वडा अध्यक्षहरु रहन्छन् । 

    पञ्चायतमा फुड फेस्टीभल


    यसैवीच रनिङ शिल्ड प्रतियोगिता र प्रतिभा पहिचान कार्यक्रमभर पञ्चायत माविमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुद्वारा फुड फेस्टिभलको रुपमा विभिन्न परिकार बनाएर बिक्री सुरु भएको छ । परिकारहरु बनाएर बिक्री गर्न ५ वटा स्टलहरु राखिएको छ । 
    पञ्चायत माविको बुक फ्री डे कार्यक्रम अनुसार यो अवसरमा फुड फेस्टिभल कार्यक्रम चलाइएको विद्यालयले जनाएको छ । 
    फुड फेस्टिभलको कारण कार्यक्रममा उपस्थित सहभागीहरुलाई नास्ता खान सहजहुने अपेक्षा राखिएको पञ्चायत माविका प्रधानाध्यापक अर्जुन बुढाथोकीले बताउनुभयो । 

    भलिबलको टाइसिट


     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…