• मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्लेशण गर्दै ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ ।
    बुधबार बेलबारीको नेतृहिन संघको सभाहलमा बसेको केन्द्रीय समिति स्तरीय बैठकले चुनाव जित्ने विष्लेशण गर्दै पार्टीको केन्द्रीय आयोजक समिति सदस्य गोपी आच्छामीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको हो । 

    निर्वाचन जित्ने दावी 
    बैठकमा पार्टीको केन्द्रीय आयोजक समिति सदस्य तथा प्रदेश सहइन्चार्ज साबित्रीकुमार काफ्ले (समर)ले आफ्नो पार्टी सरकार र सरकार बाहिर रहदा भ्रष्ट्राचार विरुद्ध, सुशासनको पक्षमा अभियान चलाउदै आएको, १७ भन्दा बढी पार्टी एकता भएको, गएको उपनिर्वाचन, स्ववियुको निर्वाचनमा पूर्व माओवादीहुँदा एक्दै निर्वाचन जितेकोले जनता नेपाली कम्युनिष्ट पार्टीको पक्षमा रहेको दावी गर्नुभयो । मोरङ क्षेत्र नं. ३ मा रहेका सबै नेता, कार्यकर्ता र शुभचिन्तकहरु सबै देउमान (उमेद्वार) भएर खट्नुपर्ने काफ्लेको भनाइ थियो । 
    काफ्लेले नेपाली कांग्रेस र एमालेको दुई तिहाइको सरकार जेनजी आन्दोलनबाट अपदस्त भएको, सरकार छाडेपछि पनि केपी ओली जथाभावि बोलेर समर्थक शुभचिन्तक घटाउदै लगेको कांग्रेस उमेद्वार कार्यकालभरी जनताले दिएको जिम्मेवारी दिनुको सट्टा रातो पासपोर्ट प्रयोग गरेर परिवारसहित विदेश सयरमा लागेको, नेपालमा रहँदा र स्टनबाजको रुपमा अपुष्ट बोल्ने गरेकोले चुनाव नेकपाले जित्ने दावी गरेका छन् ।
    स्वास्थ्य र शिक्षा देशले नै निशुल्क हुनुपर्ने बहस चलिरहेको बेला एम्बुलेन्स, अस्पताल निशुल्क दिएको भन्दै व्यापार जारी रहेको जनताले बुझिसकेको नेकपाको बुझाइ छ । 
    जनता नेताभन्दा बाठा भइसकेकोले एक, दुई सय विरामीलाई एम्बुलेन्स चढाएर विराटनगर पु¥याउदैमा निर्वाचन जित्ने दिन गएको नेकपाको विष्लेशण छ । 

    निर्वाचन परिचालन समितिको कमाण्डर गोपी आच्छामी

    गोपी आच्छामीको संयोजकत्वमा गठित समितिको सहसंयोजक सेमन्तराज भण्डारी, लालबहादुर सुस्लिङ मगर, लक्ष्मीकुमार श्रेष्ठ, अरुण सुन्दास, चन्द्रबहादुर गुरुङ, मानप्रसाद लिम्बू, चण्डीप्रसाद राई, कृष्णकुमारी बिक, बिनिता घिमिरे, जयराज संयोग र सदस्य सचिव गीता तिम्सिनालाई तोकेको छ । 
    पार्टीको केन्द्रीय आयोजक समिति सदस्य तथा प्रदेश सहइन्चार्ज सावित्री कुमार काफ्लेको उपस्थितिमा भएको भेलाले क्षेत्रमा रहेका प्रदेश समिति सदस्यहरु, जिल्ला सदस्यहरु, जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरु, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार, केन्द्र, प्रदेश, जिल्लामा रहेका बिभिन्न विभागमा रहेका पदाधिकारी सदस्यहरु गरेर ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । 
    त्यसैगरी आर्थिक समिति संयोजकमा मानप्रसाद लिम्बू, सदस्यहरुमा तिलक ढकाल, अर्जुन राई (कानेपोखरी), शुरेसकुमार खवास, मानकुमार गुरुङ, तुलशी ढकाल, प्रेम ढकाल, भुपाल बस्नेत लगायत रहेका छन् । 
    प्रचारप्रशार समितिमा गीता तिम्सिना, अर्जुन किराती, मोहन भट्टराई, छबि ढकाल, सन्दीप राई, बिजय राई, विकल्प कार्की, सुमन कुरुम्बाङ, दीपा अधिकारी लगायत रहेका छन् । 
    लक्ष्मीकुमार श्रेष्ठको संयोजकत्वमा घोषणा पत्र तयारी समिति गठन भएको छ । समितिमा नवराज चापागाई, तिलकप्रसाद राई, चन्द्र अधिकारी, रञ्जु कटुवाल लगायत रहेका छन् । 
    त्यसैगरी युवा परिचालन समितिको संयोजकमा योगेन्द्र लिम्बू, सहसंयोजकमा विकाश राई,  सदस्यहरुमा सन्तोष लिम्बू, सुन्दर तामाङ, अनिष कार्की, किरण कार्की, जोन सुब्बा, सतिस कार्की, दीपेश राई, गोपाल तामाङ, राज पयाङ्गु, आनन्द बेघा लगायत ५१ सदस्यीय समिति गठन भएको छ । 
    युवासँगै नव युवा (जेनजी) परिचालन समितिको संयोजकमा होमनाथ अधिकारीलाई जिम्मेवारी दिइएको छ । जेनजी रेडफोर्सको प्रदेश समिति संयोजकसमेत रहेका अधिकारीको नेतृत्वमा किर्तिका खनाल, रोहन खत्री, ईश्वर लुइटेल, होम पौडेल, प्रेम विष्ट, देशहाङ सम्वाहाङफेसहित २५ सदस्यीय समिति गठन भएको छ । 
    दलित निर्वाचन परिचालन समितिको संयोजकमा अरुण सुन्दासलाई जिम्मेवारी दिइएको छ । सदस्यहरुमा गोपाल लकान्द्री, नरेश घतानी, कुमार मिजार, दीपा विश्वकर्मा, आवित्रा आच्छामी, कर्ण परियार, माधव निवा, प्रसान्त तोलाङ्गी, भविन्द्र विक, मान दियाली रहेका छन् । 
    अनुगामन समितिको संयोजकको जिम्मेवारी खेम भट्टराईलाई दिइएको छ । सदस्यहरुमा कृष्णकुमारी विक, खगेन्द्र थेबे, नवराज चापागाई, धर्म कट्टेल रहेका छन् । 

    त्यसैगरी महिला परिचालन समितिको जिम्मेवारी सुशिला घिमिरे (सामना)लाई जिम्मेलारी तोकिएको छ । 
    सदस्यहरुमा रञ्जु कटुवाल, राधिका गौतम, मैनादेवी फुयल, जानुका भण्डारी, स्वस्तिका फुयल, विन्दादेवी राई, बिमला राई, तारा राई, दीपा अधिकारी, शर्मिला भट्टराई, अम्बिका राउत, अलनदेवी खवास, सीमा चौधरी, शान्ति ढकाल, सीता छाराहाङ रहेका छन् । 


    कार्यालयको जिम्मेवारी लोचन धमलालाई दिइएको छ । निर्वाचनको लागि संयोजन गर्न पथरीशनिश्चरेमा लालबहादुर शुस्लिङ मगर, कानेपोखारीमा जयराज संयोग, बेलबारीमा सेमन्तराज भण्डारी र सुन्दरहरैचामा लक्ष्मीकुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ । 
    गठित समितिले यही प्रकारको निर्वाचन परिचालन समिति पालिका र वडा तहसम्म लाँदै अभियान सञ्चालन गर्ने नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय आयोजक समिति सदस्य तथा प्रदेश सहइन्चार्ज सावित्रीकुमार काफ्ले (समर)ले जानकारी दिए ।  

सम्वन्धित समाचार

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…