• इनरुवा । भारतीय बजारबाट नेपालतर्फ ल्याउँदै गरेको कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरी निरीक्षक अवधलाल यादव नेतृत्वको टोलीले अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको बोइलर कुखुरा लौकही क्षेत्रको भारतीय सीमा क्षेत्रबाट बरामद गरेको हो । साइकल छोडेर कुखुरा तस्कर भागेपछि इनिस्पेक्टरलेनै साइकल हाँकेका हुन् ।

    प्रहरीलाई देखेर तस्कर फरार भएपछि प्रहरी निरीक्षक (इनिस्पेक्टर) यादव आफैंले साइकलमा लोड गरिएका कुखुरा बरामद गरी इलाका प्रहरी कार्यालय लौकहीमा पु¥याएका थिए । बरामद १०० थान कुखुरा नष्ट गरिने प्रहरी निरीक्षक यादवले बताए ।

    साइकल हाँकेर यादवले कुखुरा इलाका प्रहरी कार्यालय लौकहीलाई जिम्मा लगाएका थिए । प्रहरी निरीक्षक आफैंले साइकल हाँकेर बरामद कुखुरा लिएर सडकमा हिँडेको देखेपछि सर्वसाधारण चकित परेका थिए ।

    साइकलमा कुखुरा तस्करीको क्रममा बढेपछि प्रहरीले छड्के जाँच गरेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…