• तिलोचन गौतम
    मलेसिया/मार्च-८

    मलेसिया को बुकिपिन्ताङ नजिकै को खुल्ला बाटो मा हिडिरहेका रमेस चौधरी ले एक जना ब्यक्ती रोड नजिकै छट्पटीरहेको देख्छन् पेट निकै ठूलो अनि ज्यान सुकेको एक ब्यक्ति ब्यबहारिसे अबस्थामा देखेर उन्को कदम अगाडि बडेन जो अनि जुन ठाउँ को मान्छे होस उनि भित्र भएको नेपाली पन ले थोरै धेरै सहयोग गर्ने र बास्तबिकता बुझेर मात्रै गन्तव्य तिर लाग्ने निधो गरे । नजिकै गएर कुरा गर्न थालेका उनी आफु नेपाल को नागरिक बताए पछि अझै चासो बड्यो चौधरी लाई ।

    उनी नबलपरासी जिल्ला अगौली ७ का चिन्तामन्णी ठनेट थारु रहेछन । नेपाली लाई एस्तो अबस्थामा देख्न नसकेर चौधरी ले मलेसियामा स्थित राजदुतावास लिएर आए र सार्वजनिक गरे दूतावास सङ्ग समन्वय गरे र प्रबासी थारु सेवा समाज मलेसिया को सहयोग मा हस्पिटल मा भर्ना गराएको थियो । हस्पिटल को उपचार पछि बिरामी लाई केहि मात्रा मा ठिक भएको थियो । उन्लाइ नेपाल पठाउने भन्दै नेपाल एयरलाइन्स को टिकट काटेर नेपाल पठाउन लाई एर्पोट लगिएको थियो तर उन्लाइ स्वदेश फर्काउन फिट्टु फ्लाइट सठिपिकेट चाहिने भन्दै नलिएपछी फेरि उन्लाइ नेपाल आदिबासी जनजाति महासंघ मलेसिया का अध्यक्ष पि टि शेर्पा को परामर्श र थारु सेवा समाज मलेसिया का अध्यक्ष आर्यान थारु को सक्रियता मा तामान देशा मेडिकल सेन्टर मा भर्ना गरिएको थियो ।

    इमिर्ग्रेसन मा लाग्ने रकम आर एम ४०० र hn को सर्विस चार्ज हार्पासे ले निसुल्क गरेको छ।
    अवस्यक उपचार गरि नेपाल फर्कनका लागि फिट्टु फ्लाईट सटिफिकेट लिई नेपाल फर्काउने तयारी भएको छ । चिन्तामणि ठनेट थारु लाई मलेसिया बाट स्वदेश फर्काउन को लागि नेपाल बाट उन्का आफन्त ले १८०० मलेसिया रिंगेट पठाएका थिए भने अरु बाकी खर्च प्रबासी थारु सेवा समाज ले गरेको नेपाल आदिवासी जनजाति महासंघ मलेसिया का अध्यक्ष पिटि शेर्पा ले जान्कारी दिए ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…