• एजेन्सी । क्लारा जेट्कीन जर्मनीको प्रसिद्ध राजनीतिज्ञ तथा अधिकारकर्मी हुन्। ती क्लारा जेट्कीन नै अन्तर्राष्ट्रिय महिला दिवस स्थापन गर्ने व्यक्ति हुन्।

    प्रथम पटक सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट महिला अधिकारको विषयमा लेख्ने र बोल्ने क्लारा सचिव बनिन्। त्यहाँ उनले महिलाको अधिकारका पक्षमा बोलेकी थिइन् र महिला अधिकारका बारेमा त्यसरी मुद्दा उठाइएको त्यो प्रथम पटक थियो।

    त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको शिकागो शहरमा महिलाहरूले समान अधिकारको माग लिएर महिलाहरूले हड्ताल र विशाल जुलुश प्रदर्शन गरे। महिलाहरुद्वारा आफ्नो हकको लागि गरिको त्यो प्रथम प्रदर्शन पछि सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव राखिन् ।

    मार्क्सवादी नेता तथा अधिकारकर्मी क्लाराको त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालेका हुन् ।

सम्वन्धित समाचार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चर…

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …