• नेपाली सांगीतिक क्षेत्रमा संघर्षशिल नाम हो,गायक चित्र राई । झण्डै डेढ दशक देखी गीतसंगीतमा अनवरत रुपमा लागिपरेका गायक राईको  ‘साहारा’ नामको एल्बम बजारमा आएको छ । यसअघि उनको ‘दुईमुटु’ गीति एल्बम आईसकेको थियो । पहिलो एल्बम भन्दा उनलाई दोस्रो ‘साहारा’बाट एल्बमबाट ठुलो आश छ । किनकी उनले पहिलो एल्बम निकाल्ने क्रममा धेरै ज्ञान र अनुभव हासिल गरे ।
    दोस्रो एल्बममा धेरै मेहनत गरेको छु, यसमा गीतकार लिना राईको मनछुने शब्दहरु छन् । पहिलो एल्बमबाट सोचे अनुरुपको आर्थिक उन्नती गर्न नसकेको स्विकार गर्दै गायक राईले भने,लगानी उठ्नु नै ठुलो कुरा भयो अव त । पहिलो एल्बमले मलाई गायकका रुपमा भने चिरपरिचत गराएको छ ।’ एल्बममा गरेका लगानी उठाउन थोर बहुत साँगीतिक कार्यक्रम (कन्सर्ट) ले सहयोग गर्ने गरेको उनले बताए ।



    https://www.youtube.com/watch?v=9LE8ZRTTE78

    ‘गीतसंगीत बिना बाँच्न मुस्किल पर्ने बताउदै गायक राईले गायन यात्रा अव छोड्न नसक्ने बताउछन् । भन्छन्,‘गीतसंगीत एउटा भनेको पनि एउटा नशा रहेछ,यसले हरेक दर्शक तथा श्रोतालाई पनि औषधीको काम गर्छ ।’ उनको लागि गीतसंगीत भनेको नै सुखदुखको साथी हो ।
    गीतसंगीत विनाको संसार मानिसलाई कष्टकर हुने उनको बुझाई छ । त्यसैले त गीतसंगीतलाई सवैले माया गर्नुहुन्छ,राई भन्छन् ।

    https://www.youtube.com/watch?v=AH9Db1-L0tM

    स्थानीय स्तरमा हुने साँस्कृतिक कार्यक्रममा गीत गाउँदाताका उनलाई साथीभाई बाट राम्रो प्रतिक्रिया आयो । पहिलो पटक २०५२ साल तिर गायिका सुनिता सुब्बासँग दमकको किरात यायोक्खा भवनको विवि मार्केट दोस्रो फ्लोरमा गाएका थिए । त्यसको बेलाको प्रस्तुतिबाट प्राप्त प्रतिक्रियाबाट प्रफुल्लित भएर उनी अझ निरन्तर रुपमा संगीत साधनामा अभ्यस्त भए । एल्बम निकाल्न पनि अग्रज तथा साथीभाई बाट सल्लाहा अव मिल्यो । ‘आफुलाई पनि अव एल्बम निकाल्दा हुन्छ भन्ने आत्मविश्वास पनि भयो,‘उनले सुरुवाति दिन सम्झिए,‘२०६६ सालतिर पहिलो एल्बम दुईमुटु सार्वजनिक गर्न सफल भए ।’

    https://www.youtube.com/watch?v=TcMAdLdqDeo

    कतारमा विमोजन गरेका त्यस एल्बमका गीतहरु स्रोताहरुले रुचाएको कारण नै दोस्रो एल्बम निकाल्ने जमर्को भएको हो । उनी भन्छन्,‘विदेशमा काम गरेर पनि फुर्सदमा गीतसंगीतमा नै ब्यस्त भए । विदेशबाट पनि साथीभाईको साथ सहयोगले एल्बमको प्रमोसन भयो ।
    उनलाई विदेशमा हुदाताका पनि कार्यक्रममा सहभागिता जनाउन अफर नआएका होईनन् । तर कार्यव्यस्तताले कतारमा दुई दर्जन जति नेपाली मञ्चमा गीत गाएर आफ्नो कलाकौशललाई प्रस्तुत गर्न भ्याए उनले ।

    गायक राईको साहारा एल्बममा ५ वटा आधुनिक तथा पप मेलोडी गित समाविष्ट छ । संगीत पनि आफै गरेका गायक राईको एल्बमका सवै गीत लिना राईले कोरेकी हुन् । ‘आफ्नो पराईभईदिदा’,‘आउछ अतितका तिम्रो याद’,‘मायाले बाध्यो मेरो मन’,साँचो माया गर्छु भन्थेउ’, र तिमी आयौं जिन्दगीमा’ साहारामा एल्बममा समाविष्ट गीत हुन् ।


    साहारा एल्बममा समावेश भएको तिमी आयौं जिन्दगीमा वोलको गीतको म्युजिक भिडीयो समेत निर्माण भएको छ । ‘मायाले बाध्यो मेरो मन’ बोलको राष्ट्रभावले ओतप्रोत भएको गीतबाट उनलाई थप उचाईमा पुर्याउने आशा छ । मिलन र बिछोडका गीत त एल्बममा छदैछन्,देशभक्ति भावको गीत पनि गाएको छु,गायक राईले भने,एउटै एल्बममा सवै किसीमका गीत समेटेकोले एल्बमबाट थप आशावादी छु । मेरो एल्बम सवै स्रोतालाई समट्ने खालको बनाएको छु ।’

    मोरङ राजघाट घर भएका चित्रलाई गीतसंगीतमा लागेर कतिपनि पछुतो छैन रे । बरु आफु र आप्mनो गाउँ ठाउँलाई चिनाउन पाउदा गौरब लागेको छ,राई भन्छन्,‘त्यसैले खुशी नै छु,मन बुझाएको छु ।’
    अब्बल गायकी,मौलिक आवाज र जस्तो पनि गीतमा फिट हुने खुवीले गायक चित्रलाई नेपाली गीतसंगीतको क्षेत्रमा धेरै सम्भावना बोकेको प्रतिभा भन्न सकिन्छ ।

    नारायण गोपाल,अरुण थापा,अरुणा लामा,तारादेवी जस्ता दिग्गजहरुको गीत मनराउने गायक राई अव नेपालमै फर्किएर गीतसंगीतमा पूर्ण रुपले जम्ने सुरुमा छन् ।
    गीतसंगीतले बाँच्न सकिन्छ त भन्ने प्रश्न गायक राई भन्छन्—‘ चर्चित भएकाहरु भने बाँच्न सक्छन् । जो नेपालमा औंलामा गन्न सकिन्छ ।’ सवै गीत  उनले प्रश्न गरे ।

    https://www.youtube.com/watch?v=WpJO94AKDmk

    गायक राई गीतसंगीतमा लागिरहन विजनेश पनि गर्ने बताउछन् । जसले गर्दा आफ्नो साँगीतिक यात्रा सहज हुने उनको ठम्याई छ । गीतसंगीतबाट आफ्नो गीति मोहलाई जिवन्तता दिने उनको सुर छ । भन्छन,दर्शक स्रोताहरु मेरा भगवान हुन् । उहाँहरुले आउने दिनमा पनि यस्तै माया गर्नुहुन्छ भन्ने विश्वास छ । गायक राईआफ्ना गीतसंगीत बारे प्रतिक्रिया दिन आग्रह गर्दै नयाँ गीतसंगीत पस्किरहने प्रण गर्छन् ।

     

    तेजन खड्का

सम्वन्धित समाचार

मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छ । उर्लाबारी नगरपालिका…

झापा, माघ २९ झापाको दमक ७ स्थित त्रिगंगा कृर्षि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सचिव रहेका रा…

मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङगी सामुदायिक वन क्षेत्रमा भेटिएकी युवतीको मृत्यु भएको छ। मोरङको सुन्…

म्याग्दी, २५ मङ्सिर   म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक व…