२५ फागुन,
रातोकलम, पथरी
पथरीमा आज मात्रै १०८ औँ अन्तराष्ट्रिय श्रमिक दिवश मनाइएको छ । पथरी शनिश्चरे नगरपालीकाको आयोजनामा कविता तथा गाएन प्रतियोगीताको आयोजना गरी १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवश कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि प्रदेश नम्बर १ का प्रदेश सांसद कृष्ण कुमारी राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पथरी शनिश्चरे नगरपालीकाका प्रमुख दिलीप कुमार राई र प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम घिमिरे विशिष्ट अतिथि रहनुभएको थियो । अतिथीहरुमा न्यायपालीका सदस्य दुर्गा सिटौला, भद्रमान विश्वकर्मा, वडा नं. २ का वडा अध्यक्ष याम प्रशाद गुरागाई लगाएत रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले शोषण विरुद्र नारीहरुले न्याय प्राप्त गर्नु पर्ने र नारीहरुको दक्षता र कुशलतालाई प्रयोग गरी ३३ प्रतिशत मात्र अधिकार नभएर अब ५० प्रतिशत बनाउनु पर्ने बताउनु भयो । कार्यक्रमा विशिष्ट अतिथी नगरप्रमुख राईले नारीहरुको श्रम शोषण गर्न नहुने र नारीहरुको सम्मान गर्नुपर्ने बताउनु भयो ।
उतm कार्यक्रममा नारीहरुले रचना गरेका कविता र गीत प्रतियोगीता समेत गरीएको थियो । कविता प्रतियोगितामा क्रमशः कल्पना मिश्र, प्रेमकला ढुङ्गेल र कल्पना श्रेष्ठ प्रथम दितिय र तृतिय तथा गीत तर्फ क्रमशः विन्दा न्याउपाने, सरीता सिवा र रुकमणी बजगाई प्रथम, दितिय र तृतिय हुनुभएको थियो । उहाहरुलाई प्रमुख अतिथिले पुरस्कार वितरण समेत गर्नु भएको थियो ।
कार्यक्र नगर उप प्रमुख तथा न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाको सभापतितवमा सम्पन्न कार्यक्रमको संचालन निर्मला राईले गर्नु भएको थियो ।