लक्ष्मीमार्ग । मोरङको बेलवारी नगरपालीका १० स्थीत भाउन्ने चोक उत्तर जगलमा बेवारिसे अवस्थामा शनिवार विहान एक महिला फेला परेको छिन् ।
विहान दाउरा घाँस काट्न जाने महिलाहरुले ति महिलालाई फेला पारेका हुन् । अन्दाजी २५ वर्षीय ति महिला मुखबाट फिज काडेर अचेत अवस्थामा भेटिएकि हुन् । सुत्केरी बेथा समेत लागेकि ति महिलालाई भाउन्ने प्रहरी चौकि र ईलाका प्रहरी कार्यलय बेलवारीको सहयोगमा उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्थान धरान लगिएको प्रहरी चौकि भाउन्नेका प्रमुख विवेकानन्द झाले बताए । घर परिवारको ठेगाना जानकारी नभएकोले उपचारमा समस्या भईरहेको इप्रका बेलवारीका प्रमुख राम जी कटुवालले बताए ।