• उर्लाबारी / मोरङ प्रहरीले सुन कारोबारीका भरिया उर्लावारी–७ का सनम शाक्यको हत्यामा संलग्न आशंकामा अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । यस अगाडी शाक्यको लाससहित हत्यामा संलग्न तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले अर्का एकजनालाई समेत नियन्त्रणमा लिइएको हो । प्रहरीले नियन्त्रणमा लिइएका उक्त व्यक्तिको नाम सार्वजानिक गरेको छैन । अनुसन्धानमा समस्या हुने र थप केहि व्यक्ति समेत नियन्त्रणमा लिनु पर्ने भएपछि नाम खुलाउन चाहेको छैन । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले व्यक्ति नियन्त्रणमा लिइएको तर अनुसन्धानमा समस्या हुने भएका कारण नाम सार्वजानिक गर्न नचाहेको बताए । एक हप्ता अगाडी प्रहरीले काभ्रे मण्डन देउपुरका टेकराज मल्ल, उर्लावारी–५ का मोहन काफ्ले, उर्लावारी–७ का नरेन्द्र कार्कीलाई सार्वजानिक गरेको थियो । सुन तस्करीमा उर्लाबारीका चुडामणी उप्रेती समेत संलग्न रहेको पक्राउ परेकाहरुले बताएका थिए । तर, अहिले नियन्त्रणमा परेका व्यक्ति उप्रेती वा अन्य हो भन्ने कुरा पनि उपरीक्षक बिसीले खुवाउन चाहेनन् । प्रहरीले नियन्त्रणमा लिइएका उक्त व्यक्तिमाथि प्रारम्भिक अनुसन्धान थालेसँगै उसको बयानका आधारमा थप केहि व्यक्ति नियन्त्रणमा लिनुपर्ने देखिएको प्रहरी स्रोतको भनाई छ ।

























सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…