• ईटहरी / वहुचर्चित सिएफएल खरिद प्रकरणको छानविन गरीरहेको अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सिएफएल घोटाला प्रकरणमा मुछिएका ईटहरी उपमहानगरपालीकाका लेखा अधिकृत लखनलाल चौधरी र जिन्सी शाखा प्रमुख मनोज दाहाललाई वयानका लागि बोलाएको छ ।

    सिएफएल खरिद घोटाला प्रकरणका विषयमा अख्तियारको ईटहरी स्थित क्षेत्रिय कार्यालयले छानवीन गरीरहेको भएपनि उनीहरुलाई वयानका लागि अख्तियारको मुख्य कार्यालयले नै बोलाएको हो ।

    सिएफएल वल्ब खरिद प्रकरणका विषयमा छानविन गर्न उपमहानगरले नै पनि छानविन समिति बनाएको थियो । छानबिन समितिले बुझाएको प्रतिबेदनमा खरिद प्रकृया त्रुटिपुर्ण भएको किटान गरीएको थियो तर सो काममा संलग्नलाई भने कुनै कारवाहिको सिफारीस नगरी बचाईएको थियो ।

    इटहरी उमनपाले २०७४ साउन देखि कार्तिक सम्म बिना टेन्डर सिएफएल बल्ब ३ महिनामा ९७ लाख बराबरको खरिद गरेको थियो । सिएफएल खरिदमा ब्यापारीसगको सेटिङमा प्रचलित वजार मुल्यभन्दा ६० प्रतिशत महँगो मुल्यमा खरिद गरिएको पत्ता लागेपछी व्यापक बिरोध भएको थियो।

    एमालेका युवा नेता द्दय होमनाथ धमला र सुनिल कार्कीले मिडिया र अख्तियारसम्म यो विषय पुरयाएका थिए । उनीहरुले वाहिर ल्याएको यो विषय अझैसम्म पनि चर्चामा छ भने खरिद प्रकृयामा संलग्न कर्मचारीलाई कारवाहि नगरेको भन्दै जनप्रतिनिधिको व्यापक आलोचना समेत भईरहेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…