• सञ्चारकर्मी सुमन कार्कीको ‘क्यारिकेचर’ मार्फत चर्चा चुलिदै गएको छ । कार्कीको प्रस्तुतिमा दर्शक तथा स्रोता पेटमिची मिची हाँस्दै आएका छन् । राजधानीको रेडियो अडियोमा कार्यरत उनी स्टेजहरुमा हसाँउन नै ब्यस्त छन् ।

    नेता केपी शर्मा ओली,माधबकुमार नेपाल,बाबुराम भट्टराई,प्रचण्ड,शेरबहादुर देउवा,सुशिल कोइराला तथा कलाकार तक्मे बुढा,राजेश हमाल र धुर्मुस लगायत थुप्रै कलाकारको उनी दुरुस्तै आवाज निकाल्छन् ।


    रेडियो अडियोमा बिभिन्न हाँस्य कार्यक्रम चलाउने सुमन हाँस्य शैलिमा नै अन्तरवार्ता लिन्छन् । फर सि नेटवर्क युटयुव च्यानलमा उनको प्रस्तुति हेर्न पनि सकिन्छ । पछिल्लो समय ऋषि धमलाको क्यारिकेचर गर्दै अन्तरवार्ता लिए पछि उनको थप उचाई चुलिएको छ । हरिबंश आचार्यले आफ्नो पुस्तक हरिबहादुरको प्रोमोसनमा उनलाई पनि समेटेका थिए ।

    https://www.youtube.com/watch?v=Q8l_uiHHmF4

    जहाँ सुमनले ऋषि धमलाको शैलीमा हरिबहादुरलाई पुस्तक सम्बन्धि प्रश्न तेर्साएका थिए । मदन कृष्ण दाई र हरिवंश दाईसँगको त्यो पल टर्निङ प्वाइन्ट भएको सुमन बताउछन् । आफुलाई अग्रज दाईहरुले मौका दिनुभएकोमा एकदमै खुशी लागेको र संघर्ष गर्ने उर्जा मिलेको सुमनले बताए ।

    सुमन भन्छन्‘पहिले आफु कार्यक्रमलाई खोज्थे तर आजभोली कार्यक्रमले मलाई खोजिरहेको छ ।
    नेपालको बिभिन्न ठाउँमा प्रस्तुत भईसकेका सुमनले आसाममा गएर नेपालभाषिहरुको मन जितिसकेका छन् ।  

    ‘यहि क्षेत्र केहि गर्न सक्छु जस्तो लाग्छ,सुमन भन्छन्,त्यसैले संघर्षरत छोड्दिन ।’
    अर्काको क्यारिकेचर नै किन भन्ने प्रश्नमा उनी भन्छन्,‘म सँग आफ्नै प्रस्तुति छन्, म नयाँ नयाँ स्वरमा आवाज निकाल्न सक्छु,यद्यपि,नाम कहलिएका मान्छेको आवाजमा प्रस्तुति भएन भने दर्शकदिर्घा र स्रोताले त्यति नरुचाउने रैछनन् ।

    https://www.youtube.com/watch?v=SpbwKI0XZOs

    सुमन अब क्यारिकेचर गर्नुमात्र ठुलो कुरा होईन, क्यारिकेचरबाट कस्तो सन्देश दिन सकियो त्यो नै महत्वपूर्ण हुने बताउछन् । भन्छन्, हाँसो सँगै समाज रुपान्तरणमा अनि चेतना पनि जगाउन सकियोस ।
    आफ्नो क्षेत्रका थुप्रै साथीहरु राजधानिमा पाएको र अग्रज दाईहरुको हौसलाले पेशाप्रति सन्तुष्ठि रहेको सुमन बताउन ।
    निक्कै राम्रो प्रोगाम सन्चालन गर्ने सुमन कलाकारिता क्षेत्रमा लाग्नु आफ्नो उदेश्य रहेको बताउछन् । भन्छन्,म हतारमा छैन,बिस्तारै अबसरको सदुपयोग गर्दै जाँनेछु । पुनः प्रसारणमा आएको जिरे खुर्सानीमा पनि उनी देखिएका छन् । बिभिन्न बिज्ञापनमा पनि उनी आवाज भर्ने काम गर्छन भने भिडीयोमा पनि देखिएका छन् ।

     

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…