यसमा प्रचण्डलाई हात लिएको एनसेलले पहिलेको साहूसँग उठाउ, अहिलेको हामीले तिरेकै छौं भनेर पन्छिएपछि एनसेललाई छुट, अझै गर्ने भो लुट भन्न थालिएको छ ।
प्रचण्ड सरकारमा भएका बेलामा एनसेल यहीँ छ, कहीँ भागेको छैन, लाभ कर उठ्छ भनेका थिए । अहिले प्रचण्ड पार्टी सरकारमा सहभागी भएको छ, अब उसले एनसेलसँग लाभकर उठाउन सक्ला ?
अहिले आफू अनुकूल सरकार बनेको भनेर एनसेलले नयाँ नयाँ ‘अफर’ तथा ‘प्याक’ मार्फत उपभोक्ता ठगिरहेको गुनासो चर्को रुपमा उठ्न थालेको छ । सुन्दा मीठो सेवा, भित्र भित्रै लुट चलाउने छुट ओली सरकारले किन दिइरहेको छ ?
स्वाधीनताको पक्षमा, सुशासन हुन्छ, भ्रष्टाचारीलाई टिपेर फालिन्छ भन्ने प्रम ओलीले एनसेलको भ्रष्टाचारतिर किन हेरिरहेका छैनन् ?