२०७४ फागुन २७ आइतवार रतोकलम
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक नम्बर प्रदेशलाई किरात प्रदेश बनाउन सकिने बताएका छन् । किरात राई यायोक्खा केन्द्रीय समितिले बुझाएको ज्ञापनपत्र लिने क्रममा किरात पुरानो सभ्यता भएको बताउदै प्रदेशको नाम किरात राख्न पहल गर्ने बताउनु भयो । यायोक्खाले प्रदेशको नाम किरात राख्न नेताहरुलाई भेट्ने अभियान स्वरुप आज (आइतबार) देउवा निवास बुढानिल्कण्ठ पुगेर ज्ञापनपत्र बुझाएका थिए ।
प्रमुखप्रतिपक्ष दलका नेता समेत रहेका देउवाले बताएका थिए । ज्ञापनपत्र बुझाउन यायोक्खा कार्यावाहक अध्यक्ष दिवस राई, महासचिव जीवन हाताचो राई, सल्लाहाकारहरू चन्द्रविक्रम राई, दुर्गा राई, मनिकुमार राई लगायतको टोली देउवा निवास पुगेका थिए । यायोक्खाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई यस अघि नै भेटिसकेका छन् ।
प्रधानमन्त्री केपी ओली, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुलाई भेटेर पत्र बुझाउने कार्यक्रम रहेको छ । किरात नाम राख्न दवाव दिने उदेश्यले २५ लाख हस्ताक्षर संकलन गर्न केन्द्र, जिल्लाहरुमा अभियान संचालन गरेको छ ।