• बिर्तामोड । रमपम तेस्रो झापा गोल्डकपको निरन्तर तेस्रो पटक फाइनलमा पुगेको रमपम आयोजक झापा ११ र त्रिभुवन आर्मी क्लब दुवैले यसबर्षको उपाधि चुम्ने दावी गरेका छन् ।

    आइतबार फाइनल खेलको पूर्वसन्ध्यामा आयोजित पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै झापा ११ का प्रशिक्षक प्रवेश कटवालले खेलाडीको कढा मेहेनत र दर्शकको समर्थन खेल जित्ने आधार भएको बताएका छन् । उनले आर्मी सशक्त टीम भएपनि झापा टेक्निकल गेममा उत्कृष्ट भएकाले उसलाई हराएर उपाधि हात पार्न सकिने बताए । प्रशिक्षक कटवालले ओभर एजका कारण स्ट्राइकिङ लाइनमा केही समस्या रहेको बताउँदै त्यसलाई पुर्ती गर्न बिश्वास श्रेष्ठलाई यसैबर्षदेखि अनुबन्धन गरेकाले खेल जित्ने दावी गरेका छन् ।



    झापा ११ का टीम क्याप्टेन योगेश गुरुङले आयोजकको अनुबन्धनका कारण झापाली खेलाडीमा हौसला बढेकाले प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्ने बताए । उनले उपाधि जितेर झापाली दर्शकको चाहना पुरा गर्ने दावी गरे ।

    त्यस्तै आर्मीका प्रशिक्षक चुनबहादुर थापाले खेलाडीको अनुभवलाई उपयोग गरेर खेल आफ्नो पक्षमा पार्ने रणनीति लिएको बताएका छन् । आर्मीको टीममा झापाको भन्दा धेरै जना राष्ट्रिय टीममा सहभागि खेलाडी रहेका छन् । झापाको टीम सशक्त रहेको भएपनिे यो सिजनको सातौं उपाधि कब्जा गर्ने दावी समेत थापाले गरेका छन् । आर्मीले यसबर्ष देशका बिभिन्न स्थानमा भएका गोल्डकपमध्ये ६ वटा गोल्डकपको उपाधि जितेको छ ।



    आर्मीका क्याप्टेन भरत खवासले झापामा आएर खेल्दा हौसला मिलेको बताए । उनले यो बर्ष अतिरिक्त समय थपिनुपर्ने बताए । निर्धारित ९० मिनेटको खेलमा बराबरी भए सिधै टाइब्रेकरमा लगिने गरेको छ । उनले समय थप गरेर खेलाउन आग्रह पनि गरे ।

    झापाले सुदुरपश्चिम ११, सिक्किम युनाइटेड र थ्री स्टार क्लबलाई हराएर फाइनलमा प्रवेश गरेको हो भने आर्मीले बिभागीय टीम नेपाल पुलीस र मनाङ मस्र्याङदी क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । बिर्ताबजारस्थित डोमालाल राजवंशी खेलमैदानमा सोमबार हुने फाइनल खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने धेरैको अनुमान छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…