• योगराज दहाल

    लेटाङ । मोरङको लेटाङ नगरपालिका–९ स्थित जाँतेमा आइतबार राति चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
    वर्षासँगै परेको चट्याङ लागेर ३२ वर्षीया गीता घिमिरेको मृत्यु भएको हो । घरको बरण्डामा बसिरहेका बेला चट्याङ लागेर घाइते भएकी उनको पथरीशनिश्चरेस्थित पथरी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो । चट्याङ लागेर मृतककी देउरानी ३० वर्षीया मेनुका घिमिरे र छिमेकी ६२ वर्षीय धनबहादुर राई गम्भीर घाइते भएका छन्। दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।
    उता धनकुटाको महालक्ष्मी नगरपालिकामा आइतबार साँझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । असिनापानीसँगै परेको चट्याङ लागेर महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका ५७ वर्षीय खम्बासिंह तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले जानकारी दिए स
    बेलुका करिब ६ बजेतिर घटना भएपनि केही ढिलो जानकारी आएको र जानकारी पछि प्रहरी चौकी सिधुवाबाट प्रहरी घटनास्थलतर्फ पठाइएको एसपी भण्डारीले बताए।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…