काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।
दुर्घटनास्थलमा ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका २५ जनालाई अस्पताल लगेकोमा ८ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइतेमध्येका २ जना उपचारपछि घर फर्किसकेकाछन् । उक्त विमानमा ३३ नेपालीसहित ७१ जना सवार थिए ।