• झापा । तेस्रो झापा गोल्डकपको उपाधि नेपाल आर्मीले जितेको छ । नेपाल आर्मी  सडन डेथमा जियी भएको हो । निर्धारित समयमा १ /१ गोलको बराबर भएपछि टाइब्रकेरमा खेल पुगेको थियो । टाइब्रेकरमा ३\ ३ गोलको बराबर भएपछि खेल सडन डेथमा पुगेको थियो ।

    खेलको ५९ औं मिनेटमा पेनाल्टी बक्स भित्रबाट कर्ण लिम्बुले गरेको प्रहार गोलमा परिणत भएपछी घरेलु टोली झापाले अग्रता लिएको थियो । त्यस्तै ७९ औं मिनेटमा भरत खवासले गोल फर्काउँदै खेल बराबर परेका थिए । दिनेश हेम्जनको कर्नरमा भरतले गोल गरेका हुन् ।

    निर्धारित समयमा अन्य गोल हुन नसकेपछी खेल १५ मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछी खेल पेनाल्टीमा पुगेको हो । पेनाल्टी ३–३ भएर खेल सडन डेथमा पुगेको थियो । दुवै टोलीले १०–१० पेनाल्टी प्रहार गर्दा आर्मीले सडन डेथमा ८–७ ले बाजी मार्यो । झापाका गोलकिपर किशोर गिरी दशौं पेनाल्टीमा चुक्दा झापा पराजित भएको थियो ।

    झापा गोल्डकप मोफसलमा सर्वाधिक पुरस्कारको प्रतियोगिता हो । उपाधि विजेता आर्मीले १२ लाख ५१ हजार पुरस्कार प्राप्त गर्यो भने उपविजेता झापाले ६ लाख नगद प्राप्त गर्यो ।

     

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…