• दीप लिम्बू
    क्वालालम्पुर-मार्च-११

    गैर आवसिय नेपाली सघ मलेशियाको आयोजनामा गत आइतबार मार्च-११ तारिक पुर्बप्रधान मन्त्री डा.बाबुराम भट्टराईको उपस्थितिमा श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।क्वालालम्पुरको ग्रेन्ड कोन्टिनेन्टल होटेलमा आयोजित उक्त कार्यक्रम लाई सम्बोधन गर्न भट्टराइ आइ.एफआरसी, ह्युमनटरियन फोरम इण्डोनेसिया र युनिभर्सिटास् पारामानडिनाद्वारा संयुक्त रुपमा इण्डोनेसियाको जकार्तामा आयोजित ‘एशियामा मानवीय पहुँच र बार्ता’ विषयक सम्मेलन सकेर मलेशिया आइपुग्नु भएको हो।

    इन्डोनेशियाको कार्यक्रम सकेर शनिबार मलेसिया आइपुगेका भट्टराई ले राजदुतावसका कर्मचारी,ब्यापारी लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि एबम मलेसियामै श्रम गरिरहेका नेपाली श्रमिकहरुको अवस्था र स्थिति बारे विभिन्न बिषयमा छलफल गर्नुभएको छ।मलेसिया आउनु भएकै दिन मलेसियाको केलाङ्ग स्थित रहेको टप ग्लोभ कम्पनी मा पनि निरीक्षण गर्न पुग्नुभएको थियो।करिब पाच हजार नेपाली श्रमिकहरु कार्यरत रहेको जानकारी स्वयम भट्टराई ले दिनु भएको छ।

    आइतबार उक्त कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा नेपालका समसामयिक राजनीतिक र बर्तमान अवस्थामा पेचिलो बन्दै गइरहेको नेपालका राजनीतिक दलहरु बारेमा बिस्तृत रुपमा ब्याख्या गर्नु भएको थियो। ब्यक्तिगत स्वार्थ को खिचातानी ले देश बिकास को तिब्र गतिमा प्रगति गर्न नसकेको स्विकार्दै अब देश मा संविधान जारी भएर स्थिर सरकार गठन भएको र अब देश ले छिट्टै बिकास मा तिब्र गतिमा छलाङ मार्ने अपेक्षा गरेको बताए भने बिकास,समृद्धि को पक्षमा युवा सकृयता आवस्यक रहेको प्रष्ट पार्नु भएको हो।

    सत्तरीको दशकमा मलेसिया र नेपाली हरुको प्रती ब्यक्ति आय दर समान भएता पनि मलेसिया ले भौतिक रुपमा तिब्र बिकास गर्दा आज हाम्रा नागरिकहरु रोजगारीको लागि मलेशिया आउनु पर्दाको पिडाबोध पनि ब्यक्त गर्नु भयो।त्यो समयमा मलेशियन नागरिक र नेपालीहरुको प्रतिब्यक्ती आय दर बराबर थियो भने आज मलेशियन नागरिकहरुको आय बढेर ५ देखि ७ हजार डलर छ भने नेपालिहरुले २ हजार रुपैया प्रति महिनाको आय दरमा चित्त बुझाउनु परेको छ।उनले थपे।देश बिकास को लागि बाह्य लगानी आबश्यक रहेको भन्दै मलेसियामा ब्यापार गरेर बसेको नेपाली हरुलाइ पनि नेपालमा लगानी गर्न आग्रह गर्नुभएको थियो।

    कार्यक्रममा सहभागी अधिकासं श्रमिकहरुले राजदुतावास को कार्यशैली प्रती आलोचना गर्दै असन्तुष्ट हुँदै थप सुधार र दूतावास लाई सेवा प्रदायक बनाउन भट्टराई समक्ष अनुरोध गरेका छन । सो अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकासं श्रमिक हरु को साझा गुनासो भनेको राजदुतावास को कर्मचारी हरुको रुखो व्यबहार र फोन गर्दा समयमा फोन न उठेका लगायतका गुनासाहरु राखेका थिए। राजदुताबासले श्रम सम्बन्धि आबश्यक जानकारी हरु वेबसाइटमा नराख्नु जसले गर्दा टाढा बाट आउने श्रमिकहरु लाई कागजपत्र नपुगेको भन्दै फिर्ता पठाइनु र अबैधानिक कामदारहरु लाई मलेसिया सरकारले घर फिर्ती अवसर दिदा पनि राजदुतावासले सहज रुपमा सेवा उपलब्ध गराउन नसक्दा त्यस्ता समस्याहरुको
    सिकार बन्नु परेको बताएका छन।

    गुनासोकै क्रममा जुम्ला जिल्ला स्थायिबासी सैलेन्द्र खत्रीले नेपालि राजदुतावास श्रमिकहरुको सेवा प्रदायक निकाय नभएर सुकिला मुकिला टाइ,कोट लाउने दलालहरु सङ साठगाठ गर्ने थलो बनाएको
    आरोप लाए ।यश कार्यक्रम हल भित्रै टाइ,कोट लगाएर अतिथिको सिटमा आसन ग्रहण गरेका टाउकेहरु नै दलाल हुन र तिनिहरुकै कारण मलेशियामा श्रम गर्ने नेपालिहरुले दुख पाएका छन।भन्दै आक्रोश व्यक्त गरेका थिए।श्रमिक हरुको जबाफ दिदै पुर्ब प्रधानमन्त्री भट्टराई ले यो समस्या को समाधान को लागी नेपाल सरकार समक्ष गम्भीर भएर पहल गर्ने र वैदेशिक रोजगार सम्बन्धि श्रम ऐन सम्सोधन गर्न प्रस्ताब राख्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो।

    रोजगारीको लागि प्रमुख गन्तव्य मलेसिया लगायत खाडी मुलुक हरुलाइ सुरक्षित रोजगारीको लागि सरकारले पनि प्राथमिकता को साथ हेर्नुपर्ने बताउनुभएको छ। साथै श्रमिक हरुको गुनासो लाई सम्बोधन गर्दै मलेसिया स्थित नेपाली राजदुतावास को कार्यबाहक राजदुत कुमार राज खरेल ज्यु ले कर्मचारी चाहिने भन्दा कम रहेको र सिमित स्रोत साधन हुँदा सेवाग्राही लाइ सोचे अनुसारको सेवा उपलब्ध गर्न नसकेको बताउदै सकेसम्म श्रमिक हरुको लागि आफू हरु लागि परेको बताउदै थप ससक्त रुपमा सेवा सुबिधा लाई ब्यबस्थित गर्न आगमी दिनमा लागिपर्ने बताउनु भयो।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…