• काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको जनाएको छ ।

    प्रहरी प्रवक्ता मनोज न्यौपानेले विमानमा रहेका मध्ये ४९ जनाको मृत्यु भएको र २२ घाइत यात्रुको काठमाडौंका विभन्न अस्पतालमा उपचार भइरहेको बताएका छन् ।

    १२ जनाको सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते पाँच जनाको थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचार भइरहेको छ भने, एक जनाको ओम अस्पताल र एक जनाको मेडीसिटी र ३ जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

    बंगलादेशको ढाकाबाट आएको बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । विमानमा ६७ यात्रु र चालक दलका चार सदस्यसहित ७१ यात्रु सवार थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…