• नेपालको हालसम्मकै ठूलो गायन प्रतियोगिता भनिएको नेपाल आइडलले लाखौँ दर्शकको मन जित्यो। नेपाल आइडलको मञ्च गायन क्षमता भएर पनि भित्र लुकिरहेका नेपाली युवाहरूको लागि सुनौलो अवसर समेत प्रमाणित भयो।

    नेपाल आइडलको पहिलो सिजनको त्यो सफलतापछि नेपाल आइडल सञ्चालन गरेको च्यानल एपी वान ले केही समय अगाडि नेपाली आइडल-२ को पनि घोषणा गरेको थियो। घोषणा गरेको केही दिनपछि एपीवानले दोस्रो सिजनको लागि अडिसनको मिति र स्थान समेत घोषणा गरिसकेको छ। तर पछिल्लो समय नेपाल आईडल सिजन २ को नजिक आउँदा पनि विवादबाट मुक्त हुन सकेको छैन् । घरि बुद्ध लामालाई पुरस्कार नदिएको त घरि आइडलहरुको प्रतिभामाथि श्रम श्रोषण गरेको ।
    पछिल्लो पटक बुद्ध लामाले कार नपाएको विवाद चुलिरहँदा अर्का प्रतिस्पर्धी निसान भट्टराईको बाबुआमाले नेपाल आइडलले आफुहरुलाई उठिबास लगाउने अबस्थामा पुर्याएको बताएका छन् । कुराकानीका सिलसिलामा नेपाल आइडलका क्रममा निशानका बुबाले आफूलाई ठूलो ऋण लागेको बताए । साथै निशानका बारेमा केही दुवैले रोचक कुरा पनि भने ।

    हेरौ पत्रकार किशोर श्रेष्ठले  नेपाल आइडलका फस्ट रनर अप निशान भट्टराईका बुबा नित्यानन्द भट्टराई तथा आमा रेनुका भट्टराईसँग गरिएको कुराकानी ।

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…