ईटहरी / विराटनगर स्थायी घर भई झापाको बिर्तामोडमा सुनचाँदी व्यवसाय गर्दै आएका २६ वर्षीय साजन मुखियाको हत्या भएको छ । उनको शव पुर्व क्षेत्रिय प्रहरी व्युरोको टोलीले ईलामको कोलवुङवाट वरामद गरेको हो ।
बिर्तामोडमा २ वर्षदेखि दावा ज्वयलर्स सुनचाँदी पसल सञ्चालन गरी बसेका मुखिया फागुन २० गते आइतबारबाट नाटकीय शैलीमा वेपत्ता भएका थिए । फाल्गुण १९ गते ३३ केजी सुन गायव वनाएको विषयलाई लिएर उर्लावारीका सनम शाक्य मारिएको विषय सार्वजनिक भए लगत्तै उनी गायव भएका थिए । पसलमा बस्दै गर्नु, बजार पुगेर आउँछु भनेर श्रीमतिलाई भनेर हिँडेका मुखिया बेखबर बनेका थिए । गायव भएकै दिन दिउँसो १ः४१ बजेसम्म फोन सम्पर्क हुँदा बजारमा छु भनेका उनको फोन त्यसपछि फोन अफ भएको र सम्पर्कमा नरहेका थिए ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम ओली नेतृत्वको प्रहरी टोलीले व्यवसायी मुखियाको शव ईलामको कोलवुङवाट वरामद गरेको प्रहरी स्रोतले जानकारी गराएको छ । सनम हत्याकाण्ड पछि हराएका उनको विषयलाई सनमसँगै जोडेर अनुशन्धान गरीरहेको प्रहरीलाई उनको हत्यापछि थप समस्या भएको छ ।
सनम हत्यामा संलग्नलाई खोजी गरीरहेको प्रहरीलाई फेरि अर्का सुन व्यवसायीको हत्याले अनुशन्धानमा समस्या वढाएको वताईएको छ । वेपत्ता मुखियाको शव नै वरामद भएको भएपनि प्रहरीले यो अनुशन्धानमा वाधा पुग्ने जनाउँदै गोप्य राखेको छ । घटनाको अनुशन्धान गरीरहेको प्रहरीको टोलीका एक अधिकारीले थप केहि खुल्न सक्ने भएकाले मुखियाको शव वरामद भएको विषय गोप्य राखिएको जनाएका छन् । उनले अनुशन्धान पुरा भएपछि मात्रै सवै विषय सार्वजनिक गरीने वताएका छन् ।